मुख्यमन्त्री कप टी २० मा जाजरकोटको बिजय सुरुवात

जाजरकोट । कर्णालीमा पहिलोपटक प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा जाजरकोटको बिजय सुरुवात भएको छ । शनिबार देखि हुँदै भएको खेलमा जाजरकोटले कालिकोटलाइ पराजित गरेको थियो । मुख्यमन्त्री यमला कडेलले उद्घाटन गरेको खेलमा २ खेल खेलाउने कार्यतालिका रहेको थियो । पहिलो खेल रुकुम पश्चिम र दैलेख बिच खेलाउने कार्य तालिका भए पनी पानीका कारण खेल रद्ध भएको थियो । पानीले समान १/१ अंक बितरण गरिएको थियो ।

May be an image of 7 people

दोस्रो खेल जाजरकोट र कालिकोट बिच पानीका कारण १९ ओभरमा निर्धारण गरेको आयोजकले जनाएको छ ।निर्धारीत ओभरमा जाजरकोट जिल्लाले टस जितेर फिल्ड रोजेको थियो । कालिकोटलाई व्याटिगको निम्तो दिएको थियो । कालिकोटले १९.४ ओवरमा सबै विकेट गुमाएको थियो । जाजरकोटलाई १ सय १४ रनको झिनो लक्ष्य दिएको थियो । जाजरकोटका खेलाडि ऋतिक जंग शाहले २ विकेट लिएका थिए । सुमन गुरुगले समान २ विकेट,भरत क्षेत्रीले २ ,निवास हमा र विष्णु शाहीले समान १।१ विकेट लिएका थिए ।

May be an image of 2 people, grass and text

कालिकोट सामु विष्पोटक ब्याटीगमा उत्रिएका जाजरकोटका खेलाडीले१८.४ ओवरमा आफनो लक्ष्य पुरा गरी जित आफनो पोल्टोमा पारेको जाजरकोट युवा क्रीकेट कलबका क्याप्टेन मबिन जंग शाहले बताए ।कालिकोटले दिएको लक्ष्य अनुसार जाजरकोटका भरत क्षेत्रीले ३० रनको योग्दान गरेका थिए । यस्तै सबिन भडेलले २५ रन,निवास हमालले १० रन योग्दान गरेका हुन । खेल बिहान ८ बजे जाजरकोट र रुकुम पश्चिम बिच सुरु हुने जाजरकोट युवा क्रीकेट क्लबका अनिश कार्कीले बताए ।

May be an image of 3 people and text

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक मुख्यमन्त्री कप टी २० प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । कर्णाली प्रदेश क्रिकेट संघको आयोजना र कर्णाली  प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोगमामा पहिलो पटक मुख्यमन्त्री कप टी२० प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता शनिवार देखि सुरु भएको हो ।

May be an image of 9 people and text
असार ८ गते देखि १४ गतेसम्म पहिलो पटक मुख्यमन्त्री कप टी-ट्वेन्टी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । क्रिकेट प्रतियोगिता सुर्खेतको कालिनचौक किकेट मैदानमा सञ्चालन भएको छ । दशौं राष्ट्रिय खेलकुलको तयारीको लागी र कर्णाली प्रदेशमा क्रिकेटको केज र क्रिकेट खेल विकास र विस्तार गर्ने उदेश्यले पहिलो पटक मुख्यमन्त्री कप टी२० प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा जाजरकोट लगाएत कर्णाली प्रदेशका ६ जिल्लाले प्रतिस्पर्धा गर्नेछ । जसमा जाजरकोट, रुकुम पश्चिम, जुम्ला, कालीकोट, सल्यान, दैलेख र सुर्खेत रहेका छन् । प्रतियोगितामा प्रथम विजेतालाई १लाख १० हजार र उप-विजेतालाई ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

May be an image of 17 people, people playing soccer, people playing football and grass




  • फेसबुकबाट तपाईको प्रतिक्रिया