
जाजरकोट । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा सर्वसम्मत चयन हुनु भएको छ । कर्णाली प्रदेशसमितिको सोमबार सम्पन्न तेस्रो अधिवेशनले अध्यक्ष शर्माको नेतृत्वमा २२ सदस्यीय सेन्टरको कर्णाली प्रदेश समिति चयन भएको हो।
समितिको वरिष्ठ उपाध्यक्षमा धर्मराज जिसी, उपाध्यक्षमा उपेन्द्र प्रसाद न्यौपाने, तुलसा रोका, महासचिवमा असोककुमार सिंह, सचिवमा तिलकराज वली, नरजन तामाङ्ग, जुनाकुमारी रावत, प्रिमा कुमारी विश्वकर्मा, तुलाराज चौलागाइ, कोषाध्यक्षमा कृष्णशर्मा
र लेखासमिति संयोजक प्रचण्ड खत्री चयन हुनुभएको छ ।

त्यस्तै प्रदेश समितिको सदस्यहरूमा गोविन्द विश्वकर्मा, विक्रम तिरुवा, कल्पना रावत, सुनिल महरा, रमिता खड्का मगर, इन्द्रवहादुर वुढाथोकी, कालिवहादुर नेपाली, रमेश जैसी, टिकाराज उपाध्याय र राकेश विक चयन हुनुभएको छ ।






द मालिका पोष्ट । २०८१ चैत्र ११ गते सोमवार