
गृहमन्त्री रमेश लेखकले आज जाजरकोटमा पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्नुभएको छ । भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनाका कार्यहरूलाई व्यवस्थित गर्ने उद्देश्यले कार्यालय उद्घाटन गर्नु भएकाे हाे । तिन जिल्ला हेर्ने गरी स्थापना भएकाे कार्यालयकाे आइतवारबाट काम सुरु भएकाे छ । सरकारले स्थापना गरेको यो कार्यालयको उद्घाटन समारोहमा मन्त्री लेखकले भूकम्प प्रभावित क्षेत्रहरूमा शीघ्र पुनर्निर्माणका लागि सरकारले विशेष प्राथमिकता दिएको बताउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले भन्नुभयो, “भूकम्पबाट प्रभावित क्षेत्रको पुनर्निर्माणमा नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्युनिकरण र पुनस्थापना प्राधिकरण, प्रदेश सरकार, र स्थानीय तहको सहकार्य अत्यन्त आवश्यक छ ।” उहाँले थप्नुभयो, “विस्तृत परियोजना (डिडिए) छिटोछरितो बनाउन काम गरिनेछ र त्यसको कार्यान्वयन समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध छ।” जाजरकोट र रुकुम पश्चिममा ५० र ४८ जना प्राविधिकले भूकम्प प्रभावित क्षेत्रका पुनर्निर्माण कार्यमा जुटेका छन्। मन्त्री लेखकले फिल्डमा खटिएका प्राविधिकहरूको कमीलाई मध्यनजर गर्दै सरकारले थप प्राविधिक खटाउने योजनामा रहेको पनि जानकारी दिनुभयो।

समारोहमा जाजरकोट र रुकुम पश्चिमका जनप्रतिनिधिहरु, प्रशासनिक अधिकारी, सुरक्षाकर्मी, समाजसेवी र नागरिकहरूको उपस्थिति थियो। गृहमन्त्री लेखकले सरकारले जाजरकोटमा पुनर्निर्माणको गति तीव्र पार्न आवश्यक सबै स्रोतसाधन र जनशक्ति परिचालन गर्ने प्रतिबद्धता जनाउनुभयो। स्थानीयबासीहरूले नयाँ कार्यालयको उद्घाटनसँगै पुनर्निर्माण कार्यलाई अझ सहज बनाउने अपेक्षा व्यक्त गरेका छन्। कार्यक्रममा भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले जिल्लाका सबै घरकाे क्षातीकाे बिवरण संकलन गर्नुपर्ने जाेड दिए । जाजरकाेटीका बाध्यता छन् । काेहि घरमा छैनन् । रोजगारीका लागि बाहिर देश गएका छन् । सबैलाइृ समेट्ने प्रेतना गर्नु पर्छ प्राधिकरणले उनकाे जाेड थियाे ।







विनोद कुमार घर्ती (रिदम) । २०८१ फाल्गुन २५ गते आइतवार