
जाजरकोट । लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा जाजरकोट प्रहरीले सडक र्यालीको आयोजना गरि मनाएको छ । बिहिवार जिल्ला सदरमुकाम खलंगामा प्रहरी कार्यालयको आयोजनामा सड्क र्याली सहितको कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ । कार्यालयले भेरी नगर पालिकाको प्रागनबाट सुरु गरेको र्याली गैरीखालीमा कोण सभाको आयोजना गर्दै दिवस मनाएका छन् ।

दैनिक जसो बढ्दै गएको लागू औषध दुव्र्यसनी रोकथाम गर्न कार्यालयले दिवसको अवसरमा कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोतम प्रसाद पाण्डेले बताए । सरकारले बर्षेनी मनाउदै आएको उक्त दिवस भेरी नगरपालिकाको समन्वयमा बृहत कार्यक्रमको आयोजना गरी मनाईएको छ ।
लागू औषध दुरुपयोग बिरुद्ध लडौं, रोकथाममा जोड दिउ, लागु प्रदार्थ नसा हो, प्रयोग गर्नु दशा हो भन्ने प्लेकाड सहित बिद्यार्थी देखी सर्वसाधारण सम्म सडकमा उत्रिएका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय जाजरकोटका कार्यालय प्रमुख पाण्डे, जिल्ला समन्वय समिति प्रमुख कालि बहादुर खत्री, भेरी नगरपालिका प्रमुख चन्द्र प्रसाद घर्ती, जिल्ला प्रशासन कार्यालयका नि. कार्यालय प्रमुख स.प्र.जि.अ.खडानन्द खत्री, सशस्त्र प्रहरी बल जाजरकोटका कार्यालय प्रमुख स.प्र.ना.उ.विकाश थापा, राष्ट्री अनुसन्धानका प्रमुख सन्तोष बस्नेत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानिय ब्यक्तिहरु सहभागिता रहेको थियो ।

“लागु औषध दुरुपयोग विरुद्ध लडौ, रोकथाममा जोड दिऔं” भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाईको छ । कोणसभा कार्यक्रममा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्री , भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्ती तथा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लगायतले आफ्नो भनाई राखेका थिए ।







विनोद कुमार घर्ती (रिदम) । २०८१ असार ६ गते बिहिवार