मजकाेटमा जनता संग प्रहरी सचेतना कार्यक्रम

 

ज्याेतिखर शर्मा ।   जाजरकाेटकाे जुनीचाँदे गाउँपालिकामा जनता संग प्रहरी सचेतना कार्यक्रम सम्पन्न भएकाे छ । बिहिवार प्रहरी चाैकी मजकाेटले गाउँपालिका २ मा जनता संग प्रहरी सचेतना कार्यक्रम सम्पन्न गरेकाे हाे । कर्णाली प्रदेशमा भित्रीदै गरेकाे मनसुनबाट बचनका लागि साबधानी अपनाउन प्रहरी शन्देस बाेकेर मजकाेट पुगेकाे थियाे । प्रहरीले भैपरी आउने विपतीका बिषयमा नागरिकहरु संग सुझाव संकलन तथा सचेतनाका लागि कार्यक्रम गरेकाे प्रहरी चाैकी मजकाेटका प्रहरी इन्चार्ज खेमराज केसीले बताए । गाउँपालिकाकाे २ नम्बर वडा कार्यालयमा  जुनीचाँदे गाउँपालिका अध्यक्ष बेद बहादुर शाही र  वडा अध्यक्षाकाे राेहवरमा कार्यक्रम सम्पन्न गरिएकाे केसीले बताए ।

No description available.

जिल्लामा प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रमलाइ निरन्तरता दिएकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोतम प्रसाद पाण्डेले बताए । कार्यालयले यस अघी भूकम्पका कारण क्षती भएका घर घरमा प्रहरी पुगेर परामर्शकाे काम गरेकाे उनकाे भनाइ छ अहि जिल्लाका सबै प्रहरी युनीटहरुले समय सान्धर्भीक गतिबिधि लिएर नागरिक संग गएकाे उनकाे भनाइ । प्रहरीले जिल्लाका सातै स्थानीय तहमा बिभिन्न बिधामा रहेर जनता संग प्रहरी कार्यक्रम सञ्चालन गर्दै आएकाे छ ।

No description available.




  • फेसबुकबाट तपाईको प्रतिक्रिया