
जाजरकोट,२८ फागुन ।
सल्यानको देवस्थलमा आँखा उपचार केन्द्र उद्धघाटन हुने भएको छ । मंगलवार वनगाड कुपिन्डे नगरपालिकामा उक्त केन्द्र उद्धघाटन हुन लागेको हो । वनगाड कुपिन्डे नगरपालिका र रेड्क्रस आँखा अस्पताल सुर्खेतको साझेदारीमा आँखा उपचार केन्द्रको उद्घाटन हुने लागेको नेपाल रेडक्रस सोसाइटी देवस्थल उपशाखा सभापति पुष्कर बिसीले बताए । वनगाड कुपिण्डे नगरपालिका १ देवस्थलमा केन्द्र सञ्चालनको सम्पूणर् तयारी पुरा भएको बिसीले जानकारी दिए ।

नेपाल रेड्क्रस सोसाइटी देवस्थल उपशाखाको आयोजनामा चैत्र १ गते बिहान ११बजे कार्यक्रमको आयोजना गरिएको छ । आयोजकले नगरपालिका भित्रका सरोकारवाला निकायहरुको उपस्तिथिका लागि आव्हान समेत गरेको छ । सोमवार बिसीले एक विज्ञप्ती जारी गर्दै कार्यक्रममा सहभागि हुन अपिल गरेका छन् । केन्द्रको उद्धघाटनको दिन आँखाको चेक जाँच निशुल्क हुने समेत आयोजकले जनाएको छ ।






द मालिका पोष्ट । २०८० फाल्गुन २८ गते सोमवार