जाजरकोटमा बारीको छेउबाट लडेर एक महिलाको मृत्यु

जाजरकोट । जाजरकोटमा बारीको छेउबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भेरी नगरपालिका–४ बस्ने ७० वर्षीया विष्णु परियार रहेकी छन् ।
सोमवार दिउँसो बारीको छेउमा सुतिरहेको अवस्थामा एक्कासी उठ्ने क्रममा सन्तुलन गुमाएर करिब ५ मिटर तल सडकमा खस्दा उनी घाइते भएकी थिइन् ।
घाइते भएकी परियारलाई  जिल्ला अस्पताल जाजरकोट लगेकोमा उनको उपचारका क्रममा सोमबार दिउँसो १२ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी प्रहरी निरीक्षक हरीराम डाँगीले जानकारी दिए । मृतक परियार जाजरकोट भेरी नगरपालिका–३ ठाँटी बजारस्थित बाग्लुङ होटलमा विगत  लामो समयदेखी काम गर्दै आएकी थिइन् ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया