जाजरकोटका सात वटै पालिका दमकलविहीन !


सुर्खेत । जाजरकोटका ७ स्थानीय तह नै दमकलविहीन छन् । आगलागीका घटनामा अत्यावश्यक रहेको दमकल जाजरकोटका ७ वटै स्थानीयमा छैनन् । जसले आगलागीका घटनामा ठुलो धनजनको क्षति पुग्दै आएको छ ।

स्थानीय सरकारले डोजर, मोटरसाइकल खरिदमा चासो दिए पनि दमकल खरिदमा यहाँका पालिकाले चासो दिन सकेका छैनन् । दमकल अभावमा आगलागीका घटनामा ठुलो जनधनको क्षति हुँदा समेत यहाँका स्थानीय तहले चासो नदिनु दुःखद भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी समीर गौतमले बताए ।

उनले सबै पालिकामा नभए पनि सदरमुकाम समेत रहेको भेरी नगरपालिकामा दमकल अति उपयोग हो,’ उनले भने, ‘ आगलागी भएमा दमकलले धेरै क्षति रोक्छ स्थानीय तहले दमकल त खरिद गर्नुपर्ने हो ।,’ आगलागी नियन्त्रणका लागि अत्यन्तै आवश्यक रहेको दमकल बजेट विनियोजन गरेर स्थानीय तहले खरिद गर्दा ठुलो जनधनको क्षति हुनबाट रोक्न सकिने अधिकारी गौतमको भनाइ छ ।

सदरमुकाममा समेत जोडिएको भेरी र नलगाड नगरपालिकामा समेत दमकलको पहुँच पुग्नसकेको छैन । जसले गर्दा आगलागीका घटनामा जोखिम देखिन्छ । दमकल अत्यावश्यक भए पनि हालसम्म खरिद गर्न नसकिएको नलगाड नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर रावतले जानकारी दिए ।

उनले सडकको पहुँच नहुँदा पनि आफूहरूले दमकल खरिद गर्न नसकेको बताए । नगर प्रमुख रावतले दमकलको खरिदमा कति रकम लाग्छ भन्नेबारे पनि जानकारी नहुँदा समस्या भएको बताए । ‘दमकल खरिद गरेर के गर्नु, सडकको पहुँचै छैन,’ उनले भने, दमकल कति पर्छ पालिकाले खरिद गर्ने हो कि नाइँ त्यो बारे पनि जानकारी छैन।,’

उनले पालिकाले दमकल खरिद गर्नेबारे हालै केही नसोचेको बताए । ‘हामीले अहिले नै केही सोचेको छैनौँ पछि समस्या परी आएमा खरिद गर्न पनि सकिन्छ ।,’ उनले भने । आगलागी नियन्त्रणका लागि अत्यन्तै आवश्यक रहेको दमकल बजेट विनियोजन गरेर स्थानीय तहले खरिद गर्दा ठुलो जन धनको क्षति हुनबाट रोकिने भए पनि सहर उन्मुख भएका पालिकाले समेत बजेट अभावमा खरिद गर्न सकिरहेका छैनन् ।

जाजरकोटमा तीन नगरपालिका र ४ गाउँपालिका छन् । ती सबै पालिका हाल दमकलविहीन छन् । दमकल पुग्न सक्ने सडक सञ्जाल पुगेको भए पनि जिल्ला पालिकाका जनप्रतिनिधिले सडकको बहाना बनाएर दमकल खरिद गर्न नसकिएको जनाएका छन् ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया