गजल
सायद लाग्छ, मलाइ प्यार गर्नेहरु अझै पनि प्यारमा छन् ।
अक्सर यो थाह छैन कि, कुन समयको इन्तजारमा छन ?हुरी आएर त्रिपाल उठायो, फेरि पहिरो खसेर ज्यान लियो,
यस्तै-यस्तै दु:खद खबर पत्रीकाको मुख्य समाचारमा छन् ।कहिले सरकार चलाउने कुरा गर्छन्,त कहिले बन्दुक चलाउने,
उ, नेता जस्तै देखिने, कयौं छेपाराहरु शिहदरबारमा छन् ।मन्त्री ज्यु, एजेन्डा लिएर आउने सपना नदेख्नु अर्को चुनाबमा,
पहिले जस्तो छैन अहिले, जनताहरु पुरै होसियारमा छन् ।
पुष्कर पराग चन्द
भेरी नगरपालिका ५, जाजरकोट







द मालिका पोष्ट । २०८१ भाद्र ५ गते बुधवार