
जाजरकोट । भेरी नगरपालिका ३ का पूणर् बहादुर विश्वकर्मा पानी पर्न साथ राति निद्रा पर्दैन । माथिबाट पहिरो खस्न थालेपछि आफू बसेको टहरो कतिखेर बग्ने हो भन्ने चिन्ताले उनले परिवार अनिँदै रात कटाउछन् । ‘ पानी पर्न थालेपछि कतिखेर पहिरो खस्ने हो भन्ने डरले सताउँछ’, उनले भने, कार्तिक १७ गते गएको भूकम्पले घर पूणर् क्षती भयो । भूकम्प जस्तो महाबिपती सामना गरेका उनलाई पहिरोको ास छ ।,पूणर् बहादुर जस्तै त्यहाँका १२ परिवार भूकम्पको टहरा बनाएर बसिरहेका छन् । भूकम्पले घर पूणर् क्षती भएपछि तत्काल ओत लाग्न सरकारले अस्थायी टहरा निर्माण गरेको थियो । ‘टिनको टहराभित्रको बास, तपतप पानी चुहिन्छ । त्यो पनि कतिखेर पहिरोले बगाउने हो थाहा छैन’,। स्थानीय खड्क सुनारले भने, ‘कता गएर दिन बिताउने भन्ने चिन्ता छ । आकाशबाट पानी झर्न थालेपछि रातभर निदाउन पनि सकिन्न ।

’भूकम्पले थला परेका बस्तीहरुमा वर्षा सुरु भएसँगै निद्रा हराएको छ । गाउँको बीचबाट ठुलो पहिरो बगेको छ । दुवैतर्फका अस्थायी आवासमा बस्दै आएका नागरिकहरु त्रसित छौं । कतिखेर कताबाट पहिरो खस्ने हो, थाहा हुन्न’, स्थानीय प्रजित सुनाराले भने् । कार्तिक १७ गते राति गएको भूकम्पमा घर गुमाएका पिडितहरु पहिरोकात्रासमा छन् । जिल्लाको भेरी नगरपालिका ३ स्यालाका करिब १२ घरधुरी नागरिकहरु ेरातभर नसुतेरै बस्ने गरेको गुनासो गरेका छन् । राति पानी परेका बेला जाग्राम बस्नुपर्ने बाध्यता भएको नलगाड नगरपालिका २ का दिर्ग बहादुर खत्रीले बताए । ‘माथितिरबाट पहिरो खसेको खस्यै छ, राति पानी पर्दा अस्थायी टहरा पुर्ने हो कि भन्ने त्रास छ,’ उनले भने, ‘भूकम्पबाट त जसोतसो जोगियौं, पानी परेको पर्यै गर्न थालेपछि पहिरोबाट कसरी जोगिने भन्ने चिन्ता रातदिन हुन्छ ।’ बस्ती सार्नको लागि अनेत्र जग्गा नहुँदा रातभर कतिबेला पहिरो आउछ भन्दै बस्नु पर्ने बाध्यता रहेको भेरी नगरपालिका लक्ष्मी सुनारले बताईन ।‘स्थानीय रुदे्रखोलाले कतिबेला बगाउँछ चिन्तै चिन्ताले सताउछ । ’ ‘उनले भनिन् आइतवार साँझ देखि एकचोटि सुतेको छैन् ।






विनोद कुमार घर्ती (रिदम) । २०८१ भाद्र ५ गते बुधवार