महेश के. भट्टराइको मनछुने एक “गजल”

१. गजल
यीं आँखालाई भ्रममा राखेर छलीरहन्छ ।
जूनले हरेक तिथिमा चेहरा बदलीरहन्छ ।

म जस्तै बदमाश रहेछ क्यारे बतास पनि ।
हरबखत तिम्रा केशहरूसँग चलीरहन्छ ।

न रहन्छ सधैं मक्खन कृष्णको ओठमा ।
न राधाको यौवन सधैं मखमली रहन्छ ।

दूर्भाग्यले बत्तीमा पुग्नुपर्छ, कहिलेकाहीँ ।
कहाँ सधैं–सधैं फूलबारीमा पुतली रहन्छ ?

झनैं उज्यालो होला हामी हिड्ने बाटोमा ।
जल्नदेऊ यार जल्नेको दिल जलीरहन्छ ।

लेखकः महेश के. भट्टराइ हाल जाजरकोट




  • फेसबुकबाट तपाईको प्रतिक्रिया