उद्योग व्यवसायी महासंघ जाजरकोटको अध्यक्षमा सूर्य सचिवमा हेमन्त


जाजरकोट । नेपाल उद्योग तथा व्यवसायी महासंघ, जाजरकोटको अध्यक्षमा सूर्य बहादुर रोकाय, सचिवमा हेमान्त कुमार खत्री चयन भएका छन् ।
नेकपा एमाले निकट महासंघको दोस्रो जिल्ला अधिवेशनले बुधबार रोकायको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जाजरकोटको सदरमुकाम खलङ्गामा सम्पन्न अधिवेशनले गम्बा कुमारी शाह र धु्रवराज रोकाय मगरलाई उपाध्यक्षमा चयन गरेको छ । सचिवमा हेमन्त कुमार खत्री, कोषाध्यक्षमा शिवराज खड्का चयन भएका छन् । सदस्यहरूमा मोति बहादुर बुढा, जगत शाह, पृथ्वी बहादुर चन्द, पदम बहादुर सिंह, मेनुका बिक, मेनुका वि.क., अनिल घर्ती मगर र गणेश ओली चयन भएका छन् ।


कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष मुकुन्द प्रसाद शर्माको अध्यक्षता थियो । अधिवेशनका प्रमुख अतिथि तथा महासंघका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज विष्णु बहादुर शाहीले व्यवसायीहरू राष्ट्रको आर्थिक मेरुदण्ड भएको उल्लेख गर्दै स्थानीय उद्योग व्यवसायको प्रवद्र्धनमा महासंघको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताए ।
उनले भने, “स्थानीय उत्पादनलाई प्राथमिकता दिएर आत्मनिर्भर अर्थतन्त्रको बाटो खोल्न व्यवसायीहरूको पहल अपरिहार्य छ । महासंघको नेतृत्वले व्यवसायमैत्री वातावरण निर्माण गर्न सशक्त भूमिका खेल्ने अपेक्षा राखेको छु ।”


अधिवेशनमा महासंघका केन्द्रिय सदस्यद्वय नवराज शाही र टीका अधिकारी, कर्णाली प्रदेश अध्यक्ष केदार शर्मा, सुर्खेत जिल्ला अध्यक्ष भानु खड्का, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य रामचन्द्र घर्ती, जिल्ला कमिटी सदस्य कर्ण बहादुर खत्री र छेडागाड नगरपालिका नगर कमिटी अध्यक्ष मोती वलीले शुभकामना मन्तव्य दिएका थिए ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया