जाजरकोटमा जिप दुर्घटना,चालककाे मृत्यू १४ जना घाइते

जाजरकाेट । जाजरकोटमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। १४ जना घाइते भएका छन्। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ।जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मृत्यु हुनेमा जिपचालक मानबहादुर वली छन्।

सबै घाइतेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा उपचार भइरहेको छ।  खलंगाबाट भेरी नगरपालिका– ६ नेटाबजार जाँदै गरेको ग.१ज ७७११ नम्बरको बोलेरो जिप सदरमुकामदेखि करिब १० किलोमिटर पश्चिम भेडे भन्ने स्थानमा दुर्घटना भएको हो। दुर्घटनाग्रस्त जिप सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ।  घाइते हुनेमा भेरी नगरपालिका ६ बिर बहादुर पुनको छोरी १७ बर्षिया सिता पुन र सोही ठाँउका बर्ष ८० बर्षका कलिमान खत्री गंभिर घाइते भएका छन् । दुवै जनाको होस खुल्न सकेको छैन ।

२८ बर्षकी सपना बि.क. सार्की, सोही ठाँउकी बर्ष ३५ कि भुमिका शाही, बर्ष १९ कि दुर्गा पुन, बर्ष १९ कि बिन्दु शाही, बर्ष ५५ कि मोति लुहार, बर्ष २८ कि भुमिकला राना घर्ती, उनको चार महिनाको छोरा प्रज्वल घर्ती र बर्ष २१ कि धनसरा खड्का घाइते भएका छन् । त्यस्तै सोही ठाँउकी ३६ बर्षिया कल्पना खत्री, बर्ष ३३ कि अस्मिता खत्री, बर्ष ४० कि हिरा सार्की र बर्ष ३१ कि पार्बति उपाध्याय घाइते भएका छन् । उनीहरुको स्वास्थ्य सेवा कार्यालय  जाजरकाेटमा उपचार भैरहेको छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया