डोल्पामा गुनासो व्यवस्थापन समन्त्रमा पहुँच बढाउँन महिलालाई सचेतना 

जाजरकोट । गुनासो व्यवस्थापन समन्त्रमा पहुँच बढाउँन महिला र सिमान्तकृतहरुलाई सचेतना प्रदान गरिएको छ ।
डोल्पा जिल्लाको भौगोलिकरुपले विकट मानिने मुडकेचुला गाउँपालिकाका ९ वटा वडामा रहेका महिला र सिमान्तकृतहरुलाई गुनासो भनेको के हो र गुनासो गर्ने समन्त्र र निकायहरुको बारेमा सचेतना प्रदान गरिएको मुडकेचुला गाउँपालिकाका कार्यपालिका सदस्य मायादेवी बोहराले बताउँनु भयो ।
उहाँले भन्नु भयो –“गुनासो भन्ने कुरा सुन्दा सामान्य लागे, पनि सम्बन्धित निकाय समक्ष गुनासो गर्न नसकेकै कारण महिला र सिमान्तकृतहरुको विकास हुन नसकेको हो । हामी पनि महिला हौ हाम्रो बच्चा नरुए सम्म त दुध खुवाउँदैनौ बच्चाले भोक लागेको गुनासो रोएर व्यक्त गर्दछ । त्यसैले हामीले पनि अब हाम्रो विकासका लागि सम्बन्धित निकायमा गुनासो गर्नु पर्ने कुराको सिकाइ भएको छ ।”
हाम्रा कुरा हाम्रा मुख्यमन्त्री कार्यक्रम अन्तरगत कर्णाली प्रदेश सरकारको गुनासो व्यवस्थापन इकाइमा रहेको गुनासो व्यवस्थापन समन्त्रको १०९६ पैसा नलाग्ने फोन,वाटसप,भाइबार र अनलाइन मार्फत गुनासो गर्न सकिने कुरा कार्यक्रममा बताइएको थियो । गुनासो व्यवस्थापन प्रणाली मार्फत जवाफदेहित हुन प्रभावकारी माध्यम पनि रहेको छ । जुन सुकै समस्याका गुनासाहरु पनि संयन्त्र मार्फत गर्दा सरकारले सम्बोधन गर्न सक्ने भएकाले दुरदराजमा रहेका नागरिकले गुनासो गर्नु पर्ने कार्यक्रममा जोड दिएको थियो ।
नेपाल सरकारको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, सयूक्त राष्ट्र विकास कार्यक्रम (ग्ल्म्एरब्द्दव्) परियोजनाको सहयोग र पहाडी क्षेत्र विकास अभियान जाजरकोटको साझेदारीमा सञ्चालित कानूनी पहुँच ,जवाफदेहिता र जनमुखी न्यायका लागि महिला र सिमान्तकृत समुदायको सशक्तिकरण परियोजना अन्तरगत मुडकेचुला गाउँपालिकाका ९ वटै वडाहरुमा उक्त कार्यक्रमको आयोजना गरिएको परियोजना संयोजक भिमबहादुर नेपाली बताउँनु भयो ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया