क्यान्सर पीडित खत्रीलाई उपचारमा समस्या, सहयोगको अपिल

सुर्खेत। जाजरकोटको शिवालय गाउँपालिका–५ काउँलाका ३० वर्षीय क्यान्सरपीडित प्रकाश खत्रीलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । गालामा क्यान्सरका कारण जटिल अवस्थामा पुगेका खत्रीका परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

उनको स्वास्थ्य अवस्था जटिल भएको र परिवारको आर्थिक अवस्थासमेत कमजोर भएकाले सहयोगका लागि परिवारले अपिल गरेको हो । २ लाख ५० हजार तिरेर विदेश गएका उनी नौ महिनामै घर फर्किएका थिए । ‘विदेश गएको ९ महिनामै घर फर्किए, उनले भने ‘अहिलेसम्म न ऋण तिर्न सकेको छु न त आफ्नो औषधी ।’

उनको उपचारका लागि हालसम्म ४ लाखभन्दा बढी खर्च भइसकेको र डाक्टरहरूले उपचार गराइरहे निको हुने बताएको भाइ सुरेन्द्र खत्रीले जानकारी दिए ।‘अहिलेसम्म उपचारमा ४ लाख भन्दा बढी रुपैयाँ खर्च भइसकेको छ, थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिनुहुन अनुरोध छ’, सुरेन्द्रले भने, ‘अझै धेरै रकम खर्च हुने भनिएको छ, त्यसैले सहयोगका लागि सबैसँग आग्रह गरेका हौँ ।

आर्थिक सहयोग सङ्कलनका लागि ‘प्रकाश खत्री बचाउ अभियान’ चलाएर रकम सङ्कलन गरिरहेको सुरेन्द्रले बताए । खत्रीको उपचारमा आर्थिक सहयोग गर्न चाहनेले खत्रीको हिमालयन बैङ्क शिवालय शाखाको खाता २७३५२८१३९७००१८ मा रकम पठाउन सक्नेछन् । साथै थप जानकारी लागि प्रकाश खत्रीको ९७६५४९३६६४ र भाइ सुरेन्द्रको नम्बर ९८५८०३६६०९ मा सम्पर्क गर्न सकिने छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया