
काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इदउलफित्रको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए ।
उनका अनुसार आइतबार साँझको चन्द्रमा देखिएपछि भोलि (सोमबार) सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्म चलेको महान पर्व ‘रमजान मुबारक’ आज समापन हुँदैछ । एक महिनासम्म सञ्चालन भएको रमजान मुबारकमा इस्लाम धर्मावलम्बीहरूले दिनभर निराहार व्रत बस्छन् ।
रोजा बस्न मुसलमानहरूले उर्दू पात्रोअनुसार सूर्योदय हुनुभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै खानेकुरा खाई प्रारम्भ हुने र बेलुकाको नमाज (मगरिब) को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ ।







द मालिका पोष्ट । २०८१ चैत्र १७ गते आइतवार