
जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुदा चालकको मृत्युु भएको छ । भेरी नगरपालिका–१ कोलचौरस्थित कल्ले खोलामा सोमबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको हाे ।
जिल्ला प्रहरी जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीका अनुसार भेरी नगरपालिका–१ बस्ने २७/२८ वर्षका चालक सुनिल चदाराको घटनास्थलमै मृत्यु भएको हो।
रुकुम पश्चिमको उदय युवा क्लब, मुसीकोट–१३को नाममा दर्ता भे १ च २२४७ नम्बरको एम्बुलेन्स भीत्री कच्ची सडक खण्डमा करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
वडा अध्यक्ष दीपक रानाले सोमबार बिहान ८ बजेतिर प्रहरीलाई जानकारी गराएका थिए । घटनाको बारेमा जानकारी पछि प्रहरी नायब निरीक्षक बिर बहादुर थापाको कमाण्डमा इलाका प्रहरी पोष्ट रावतगाउँबाट ५ जनाको टोली खटिएको थियो ।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक हरिराम डाँगीको कमाण्डमा अर्को टोली समेत गएको छ। उक्त स्थान इलाका प्रहरी पोष्ट रावतगाउँबाट करिब २ किलोमिटर उत्तर र जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट करिब १२ किलोमिटर उत्तरपूर्व पर्छ।






सुरन्द्र बहादुर खड्का । २०८२ साउन २६ गते सोमवार