भेरीले दियो किसानलाई आधुनकि मौरीघार

जाजरकोट । भेरी नगरपालिका कृषि विकास शाखाले किसानलाई आधुनिक मौरी घार वितरण गरेको छ ।
प्रधानमन्त्री आधुनिकीकरण परियोजना मौरी पकेट कार्यव्रmम अन्तर्गत भेरी नगरपालिका १ र २ नम्बर वडा कृषकहरुलाई आधुनिक मौरी घार वितरण गरिएको हो । कृषि पेसामा आत्मनिर्भर किसानलाई व्यावसायिक बनाई, बैदेशिक रोजगारीमा नगई आफ्नै जिल्लामा मौरी व्यवसायी गरेर लाखौको आम्दानी गरेर आत्मनिर्भर बनाउन उत्प्रेरणा दिने उद्देश्यले भेरी नगरपालिका १ र २ लाई मौरी पकेट क्षेत्रका रूपमा लिएको छ । बर्षाैदेखी मौरीपालन व्यवसाय गर्दै आएका किसानहरुलाई ९० वटा आधुनिक मौरी घार वितरण गरिएको छ । मौरीको महबाट बृहत आम्दानी गरी आफ्नो आयआर्जनमा सुधार ल्याउनका लागी भेरी नगरपालिका २, भोला मौरी फर्मका सञ्चालक बसन्ता वलीलाई २० वटा घार, भेरी नगरपालिका २, खड्का बहुउद्देश्यीय तरकारी फार्मका सञ्चालक शोभिराम खड्कालाई २० वटा मौरी घार उपलब्ध गाराइएको छ भने साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष योगमाया कार्की लाइ ३० वटा आधुनिक मौरी सहकारीमा आवद्ध कृषकहरुलाई घार वितरणको जिम्मा दिएका छन् ।

गत वर्षको मौरी पकेट क्षेत्रको कार्यक्रमलाइ निरन्तरता दिन भेरी नगरपालिकाको अनुदान सहयोगमा भेरी नगरपालिका–४, लक्ष्मी डागीलाई ५, भेरी नगरपालिका ६ का विवेकशील खड्कालाई ५, सोही वडाका गणेशबहादुर खडकालाई ५ वटा घार वितरण गरेको नगर कृषि विकास शाखाका प्रमुख यज्ञबहादुर अधिकारीले बताउनुभयो ।
सुद्ध र सफा मह उत्पादनको विधि प्रव्रिmयाबारे किसानलाई जानकारी गराउँदै कृषि विकास शाखाका प्रमुख अधिकारीले मौरी घार सरसफाई गर्न ब्रस, मह निकाल्दा प्रयोग गर्ने घुम्ती टोपी, कुइन गेटलगायतका सामग्री वितरण गर्नुभएको छ । भेरी नगरपालिका–१, मैदे, पिपे, वडा नम्बर २ डिङ्गा, तिमिले लगायतका गाउँबस्तीमा महको प्रचुर सम्भावना भएपछी किसानलाई मौरीपालनमा प्रोत्सहानको लागि उत्प्रेरणा दिन घार वितरण गरिएको छ । आफ्नो नगरपालिका भित्रका सम्पुर्ण किसानलाई असल व्यवसायी बन्नका लागि उत्प्रेरणा, आत्मनिर्भर र आयआर्जनमा सुधार ल्याउन आधुनिक मौरी घार वितरण गरेको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो ।


भेरी नगरपालिका–२ की वसन्ता वलीका अनुसार मौरीबाट आम्दानीको राम्रो सम्भावना देखेपछि विगतका वर्षदेखि मौरीपालन व्यवसाय सुरु गरेको बताउनुभयो । साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष योगमाया कार्कीले सहकारीमा बसेका जनताको माग अनुसार भेरी नगरपालिकाको कृषि विकास शाखासँग समन्वय गरी केही दिनमा किसानलाई वितरण गर्ने बताउनुभयो ।
तेस्तै भेरी नगरपालिका कृषि शाखाका प्राविधिक सहायक भोला खत्रीले किसानले गर्दै आएको व्यवसायबारे जानकारी दिए जतिबेला पनि खेतबारीमा पुगी आवश्यक सल्लाह सुझाव दिने बताउनुभयो ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया