जाजरकोटमा १९ बर्ष मुनिको भलिबल प्रतियोगिता हुदै


जाजरकोट । जाजरकोटमा १९ वर्ष मुनिको पुरुष भलिवल कप शुरु हुने भएको छ । प्रथम सहित विदुर स्मृति दिवशको अवसरमा शहिद स्मृति युवा क्लवले जिल्ला स्तरीय अन्डर–१९ भलिवल कप–२०८० संचालन गर्न लागेको हो । १९ बर्षमुनीका युवाहरुको लागि जाजरकोटमा पहिलो पटक भलिवल कपको आयोजना गरिएको सहिद स्मृति युवा क्लवका अध्यक्ष प्रेम विश्वकर्माले बताए ।
आयोजित भलिवल कपले भलिवल खेलमा जिल्लालाई योगदान गर्नुको साथै युवाहरुको दिमागमा आशा जगाउने, यूवामैत्री पालिका निर्माण गर्ने, बालमैत्री स्थानीय शासनको सक्रिय साझेदार गर्ने संस्थाका अध्यक्ष विश्वकर्माले जानकारी दिएका छन् । अन्डर–१९ भलिवल कप–२०८० को व्यानर सार्वजनिक गर्न सनिवार थकाली होटलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष विश्वकर्माले यही चैत २४ गतेदेखि २७ गतेसम्म भलिवल टुनामेन्टको आयोजना गरिएको बताए । उक्त भलिवल कप जिल्ला सदरमुकाम खलंगामा संचालन गरिने उनले बताएका छन् ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराको साथमा सन्चालन हुन लागेकाे अन्डर–१९ भलिवल कप–२०८० को मुख्य उदेश्य भलिबल खेल क्षेत्रमा खेलाडी उत्पादन गर्ने, खेल क्षेत्रमा लगानी गर्ने प्रणालीको विकास गर्ने, युवाहरुलाई खेल क्षेत्रमा लाग्न प्रेरित गर्ने र खेल क्षेत्रलाई व्यवसायिक रुपमा स्थापित गर्न पहल गर्ने, युवाहरुलाई खेलकुदको माध्यमबाट धुम्रपान,मध्यपान र लागुऔषध सेवनको कुलतबाट जोगाउने, युवाहरुमा स्वस्थ प्रतिस्पर्धाको भावनाको विकास गराई समाज निर्माण कार्यमा सक्रिय गराउने, खेलकुदको माध्यमबाट युवाहरुको क्षमता विकास गर्ने,राज्य प्रति जिम्मेवार बनाउने, स्थानीय तह र युवाहरु बिचको सम्बन्धलाई विस्तार गर्न पुलको काम गर्ने, युवाहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म ख्याति बनाउन सहयोग गर्ने, खेल मार्फत सहिदको गरिमालाई उच्च सम्मान गर्ने, खेल मार्फत सहिदको गरिमालाई उचो बनाउने र खेलाडीको पहिचानलाई सहिद स्मृतिसंग जोड्ने रहेको अध्यक्ष विश्वकर्माले बताए ।


उक्त भलिवल कपमा जिल्ला भित्रकै खेलाडीले मात्र भाग लिन पाउने, कपमा भाग लिने खेलाडी १९ बर्ष मुनीका हुनुपर्ने, कपमा भाग लिने खेलाडीहरुले अनिवार्य सम्बन्धित वडा कार्यालयको सिफारिस ल्याउनुपर्ने, खेलाडीले जन्मदर्ता, नागरिकता वा परिचय खुल्ने कागजात पेश गर्नुपर्ने, खेलाडी अनिवार्य खेल पोशाकमा हुनु पर्ने, टिम दर्ता गराउदा अनुसूचि १ को फारम अनिवार्य भरेर ल्याउनु पर्ने छ, टिमले १ जना कोच, १ जना टिम व्यवस्थापक र ९ जना खेलाडी सहित ११ जनाको सङ्ख्यामा टिम बनाउन सक्ने छ, खेलाडीहरुले खेल सन्चालन हुनु भन्दा १ दिन अगाडी नै अनिवार्य रुपमा दर्ता शुल्क बुझाइ सक्नु पर्ने छ, खेलाडीहरुले खाना वस्नको व्यवस्था आफै गर्नु पर्ने छ, खेल खेल्ने क्रममा कुनै चोटपटक लाग्यो वा अन्य कुनै अप्रिय घटेमा आयोजक टिम तथा कप सञ्चालक समिति जवाफदेहि हुने छैन । प्राथमिक उपचारको व्यवस्था भने गरिने छ, यस खेलमा १ जना मात्र पनि फर्जि खेलाडी भेटिएमा पुरा टिम नै बाहिर गरिनुका साथै मेडल जितेको हकमा मेडल उक्त मेडल रद्ध गरी अर्काे टिमलाई उपलब्ध गराइने छ र अन्यथा खेल नक आउट प्रणाली अनुसार खेलाइने छ , खेल खेल्ने क्रममा कुनै विवाद आए आयोजकको निर्णय अन्तिम हुने लगाएतका नियमहरु कप संचालनका लागि तयारी गरिएको टुनामेन्ट संचालक समितिका अध्यक्ष विबश विक्रम शाहले जानकारी दिएका छन् ।
उक्त भलिवल टुनामेन्टको प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३५ हजार, तृतिय पुरस्कार २५ हजार रहेको अध्यक्ष विश्वकर्माले बताएका छन् । ४ दिनसम्म खलंगामा संचालन गरिने उक्त भलिवल कपमा ३ लाख खर्च हुन सक्ने अनुमान गरिएको अध्यक्ष विश्वकर्माले बताएका छन् । शहिद स्मृति युवा क्लवले आगामी प्रत्येक बर्षहरुमा भलिवल टुनामेन्ट संचालन गरिनुका साथै प्रत्यक वर्ष सहित विदुर स्मृति पुरस्कार पाँच जनालाई प्रदान गर्ने आयोजक समितिले बताएको छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया