
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जाजरकोटले आफ्नो १२ ओं ग्राहक सदस्य गुनासो सुनवाई इकाई भेला सम्पन्न गरेको छ। मंगलबार वित्तीय साक्षरता र ग्लोबलमा २०२६ सम्पन्न गरेको हो । कार्यक्रम सहजीकरणको लागि केन्द्रीय कार्यालय काठमाडौँबाट वरिष्ठ विभागीय प्रमुख हरिराज लोहनी सुदूर तथा कर्णाली प्रदेशका प्रदेशप्रबन्धक कृष्ण वन अनुगमन अधिकृत राजु केसी र तपेन्द्र साउथ प्रादेशिक कार्यालयमा कार्यरत कर्मचारी पुष्पराज अधिकारी को उपस्थिति रहेको थियो।
संस्थाको शाखा कार्यालय जाजरकोटमा आबद्ध जाजरकोट र रुकुम पश्चिम जिल्लाका सदस्यहरूको उपस्थिति रहेको थियो। जाजरकोटको भेरी नगरपालिका र कुशे गाउँपालिका, रुकुम पश्चिम अन्तर्गत चौरजारी नगरपालिका र सानीभेरी गाउँपालिकामा रहेका प्रतिनिधि सदस्यहरूको उपस्थिति रहेका थिए। कार्यक्रममा वरिष्ठ विभागीय प्रमुख हरिराज लोहनीले कार्यक्रमको सान्दर्भिकता वर्तमान समयमा लघुवित्तको अवस्था त्यस अन्तर्गत छिमेक लघुवृत्त र यसले प्रवाह गर्ने सेवा सुविधा र भावी योजनाको विषयमा स्पष्ट पारेका थिए।
प्रदेश प्रबन्धक कृष्ण वन अनुन अधिकृत राजु केसी तथा तपेन्द्र साउथले बैंकको सेवा सुविधा वित्तीय साक्षरता पारिवारिक बजेट लगायत वर्तमान समयमा लघुत्त क्षेत्रमा देखिएका विभिन्न अफवाहलाई चिरफार गरेको आयोजकले जनाएको छ। उक्त कार्यक्रममा तीनजना सफल व्यवसायी सदस्यलाई ८ हजार १ सय १५ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। भने त्यस संस्थामा आबद्ध सदस्यहरूको छोराछोरीमध्ये एसइइमा उत्कृष्ट अङ्क ल्याउने दुई जना विद्यार्थीहरुलाई १४ हजार छात्रवृत्ति र प्रशंसापत्र उपलब्ध गराइएको थियो।
उक्त संस्थामा आबद्ध विभिन्न इकाइहरूमध्ये १० उत्कृष्ट इकाइलाई रु १७ हजार ५ सय ५० नगद पुरस्कार ३६ हजार छात्रवृत्ति सहित प्रमाणपत्र वितरण गरिएको संस्थाको जाजरकोट शाहका शाखा प्रबन्धक मानबहादुर रानाले बताए । कार्यक्रम त्रिभुवन माध्यमिक शभा हलमा सम्पन्न भएको थियो।






द मालिका पोष्ट । २०८२ चैत्र ३ गते मङ्गलवार