उद्योग बाणिज्य संघद्वारा सुरक्षा निकायका प्रमुखलाई सम्मान

जाजरकोट, जेठ ३ । जाजरकोट उद्योग वाणज्यि संघ, जाजरकोटको आयोजनामा नव आगन्तुक सुरक्षा अधकिारीहरूको स्वागत तथा परचियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार संघको सभाहलमा विशेष कार्यक्रमका बीच भवानी गण, जाजरकोटका प्रमुख सेनानी भेस्म केसी र जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी नायब उपरीक्षक (डएिसपी) बसन्त प्रसाद शर्मालाई स्वागत गरिनुका साथै परिचयात्मक कार्यक्रम गरेको संघका महासचिव मोहन खड्काले जानकारी दिए।

संघका अध्यक्ष रमेश केसिको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघका सम्पूर्ण पदाधकिारीहरूको उल्लेखनीय उपस्थिती रहेको थियो ।

सहभागीहरूले नव आगन्तुक सुरक्षा अधिकारीहरूप्रती आभार प्रकट गर्दै जिल्लाको शान्ति सुरक्षा, कानुनी शासन र समन्वयमा उनीहरूले प्रभावकारी भूमीका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रमुख सेनानी केसी र डिएसपी शर्माले जिल्ला स्तरीय सुरक्षाको जिम्मेवारी इमान्दारिता, पारदर्शिता र जनउत्तरदायिता सहित निर्वाह गर्ने प्रतबिद्धता जाहेर गरेका थिए । कार्यक्रम शान्त, सौहार्दपूर्ण र समन्वयात्मक वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

 




  • फेसबुकबाट तपाईको प्रतिक्रिया