जाजरकोट । नेकपा एमाले जिल्ला कमिटी जाजरकोटले ३२ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा जिल्ला कारागार जाजरकोटमा रहेका कैदीबन्दीलाई फलफूल वितरण गरेको छ ।
उक्त कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा जाजरकोट इन्चार्ज भैरव सुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य डम्बर बहादुर सिंहसहित पार्टिका अन्य पदाधिकारीहरूको उपस्थितिमा फलफूल वितरण गरिएको हो ।
फलफूल निमित्त कार्यालय प्रमुख लक्ष्मण न्यौपाने र जिल्ला कारागारका नाइके फणिन्द्र सुनारलाई संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा पार्टी नेताहरूले समाजमा पुनःस्थापनाको सम्भावना बोकेका कैदीबन्दीप्रति सम्मान र सद्भाव प्रकट गर्दै यस्ता सहयोगले उनीहरूमा सकारात्मक सोच विकास हुने विश्वास व्यक्त गरेका थिए ।
मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा एमालेले हरेक वर्ष विविध सामाजिक र मानवीय कार्यक्रम गर्दै आएको छ ।
विनोद कुमार घर्ती (रिदम) । २०८२ जेष्ठ ३ गते शनिवार