कुशे गाउँपालिका वडा नं. १ र २ का महिलालाई लक्षित गरी आयोजित शिविरमा करिब ३३ जना गर्भवती महिलाले सेवा लिएका छन्। गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र स्वास्थ्य चौकी टालेगाउँको सहजीकरणमा बिहीवार सञ्चालन गरिएको शिविरमा महिलाहरूको स्वास्थ्य परीक्षण र भेडियो एक्सरे गरिएको हो। स्वास्थ्य चौकी टालेगाउँका प्रमुख शेरबहादुर बस्नेतका अनुसार शिविर मार्फत गर्भवती महिलाहरूको प्रारम्भिक अवस्था मूल्याङ्कन गरिँदै मातृ तथा नवजात शिशुको स्वास्थ्यमा सम्भावित जोखिम कम गर्न सहयोग पुर्याइएको हो। उनले सबै महिलाको अवस्था सामान्य रहेको जानकारी दिएका छन्। शिविर सञ्चालनमार्फत सुरक्षित मातृत्वलाई प्रवर्द्धन गर्दै आउँदो दिनमा अझ प्रभावकारी सेवा विस्तार गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ।
जाजरकोट । कुशे गाउँपालिकामा गर्भवती महिलाहरूका लागि निःशुल्क अल्ट्रासाउन्ड (भेडियो एक्सरे) सेवा प्रदान गरिएको छ।
कुशेमा गर्भवती महिलालाई निःशुल्क भेडियो एक्सरे सेवा






विनोद कुमार घर्ती (रिदम) । २०८२ जेष्ठ २ गते शुक्रवार