मुक्तक – १
सोचे जस्तो कसैले बनाएन बनाउछु मात्र भन्यो त्यो को होला ?
गाउँ फर्केर कोही आएन आउछु मात्र भन्यो त्यो को होला ?
यो मुक्तकको उत्तर मिलाउनेलाई उचित पुरस्कारको व्यवस्था छ
यो देश कसैले बचाएन बचाउँछु मात्र भन्यो त्यो को होला ?
मुक्तक – २
दशकौं सत्तामा जुको टाँसिएझै टाँसिरहने प्राणीको नाम के हो ?
छिमेकीले छातीमा लात बजार्दा हाँसिरहने प्राणीको नाम के हो ?
यो लोकसेवा आयोगमा आउन सक्ने प्रश्न हो उत्तर दिनुहोस्
जनता मरिरहने आफू वर्षौंवर्ष बाँचिरहने प्राणीको नाम के हो ?
मुक्तक – ३
गर्मी धेरै रहेछ आमा पैसा कमाउन सकिएन यता कतारमा
पैसा टन्नै कमाएर ल्याउछ भन्ने हल्ला होला उता बजारमा
के गरुँ के गरुँ निर्णय लिन सकेको छैन आमा यतिवेला
रित्तो हात घर फर्किउँ कि मरु यतै म छु ठुलो दोधारमा
लेखक
गंग विवस आर.सी.
शाखा अधिकृत
छेडागाड नगरपालिका कार्कीगाउँ, जाजरकोट







गंग विवस आर.सी. । २०८२ जेष्ठ १ गते बिहिवार