
जाजरकोटमा छिमेक लघुबित्तलभ डीस्टबिन हस्तान्तरण गरेको छ । शनिवार जिल्लाको भेरी नगरपालिका १ रिम्ना बजार व्यवस्थापन समितिलाई डस्टबिन हस्तान्तरण गरेको हो । सामुदायिक सरसफाइ तथा वातावरण संरक्षण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले छिमेक लघुवित्त वित्तीय संस्था जाजरकोट शाखाले डस्टबिन हस्तान्तरण गरेको सुदूर तथा कर्णाली प्रादेशिक कार्यालयका अनुगमन अधिकृत तपेन्द्र साउदले बताए । रिम्ना बजार क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन समस्यालाई ध्यानमा राखी आयोजित कार्यक्रममा सुदूर तथा कर्णाली प्रादेशिक कार्यालयका अनुगमन अधिकृत साउदको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बजार क्षेत्रको सरसफाइलाई व्यवस्थित बनाउन आवश्यक संख्यामा डस्टबिन हस्तान्तरण गरिएको हो । सो अवसरमा जाजरकोट जिल्ला शाखा प्रमुख मानबहादुर रानाले वित्तीय सेवा प्रवाहसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायसँग सहकार्य गर्दै स्वच्छ वातावरण निर्माणमा संस्थाले निरन्तर योगदान दिँदै आएको उल्लेख गरे । उनले बजार क्षेत्र सफा राख्न स्थानीयवासी, व्यवसायी तथा सम्बन्धित निकायबीच सहकार्य अपरिहार्य रहेको बताए । बजार व्यवस्थापन समितिका अध्यक्ष दीपक परियारले संस्थाप्रति आभार व्यक्त गर्दै प्राप्त डस्टबिनको सही सदुपयोग तथा नियमित व्यवस्थापन गरिने प्रतिबद्धता जनाए । उनले यस सहयोगले रिम्ना बजारलाई थप सफा, व्यवस्थित र आकर्षक बनाउन सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा स्थानीय व्यवसायी, सर्वसाधारण तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले सरसफाइ अभियानलाई निरन्तरता दिँदै स्वच्छ बजार निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।






द मालिका पोष्ट । २०८२ फाल्गुन १६ गते शनिवार