लाेपाेन्मुख तथा सिमान्तकृत समुदायलाई सिलाईकटाइ


जाजरकोट । जाजरकोटका लाेपाेन्मुख तथा सिमान्तकृत समुदायलाई सिलाईकटाई तालिम दिएको छ । सामाजिक बिकास कार्यालय जाजरकोटले चालू आर्थिक बर्षकाे बजेट मार्फत तालिम सञ्चालन गरेको हाे । आर्थीकरुपमा विपन्न परिवारहरुकाे व्यवसायी आयआर्जनका लागि तालिम दिएको सामाजिक बिकास कार्यालय जाजरकोटका कार्यालय प्रमुख यज्ञश्वर खत्रीले बताए  । व्यपसायी अात्मनिर्भरकाे लागि कार्यालयले तालिम प्रदान गरेको उनको भनाइ छ । तालिमले व्यराेजगार युवाहरूमा केही हद सम्म सहयोग गर्ने तालिम प्रशिक्षक देवी नेपालीले बताईन । दुई महिना सम्म सहभागीहरुले अनुशासन तरिकाले तालिम लिएको उनको भनाइ छ । जिल्लामा बर्षाेनी व्यराेजगारीका कारण खाडी जाने प्रचलन रहेकाेले यश कार्यक्रमले व्यवसायी बनाउने नागरिक समाज जाजरकोटका अध्यक्ष राजेन्द्र बिक्रम शाहले बताए । कर्णाली प्रदेश सरकार र सामाजिक बिकास कार्यालयले लक्षित बर्ग क्षनाेट गरेर यश समुदायकाे हक हितमा बजेट बिनियाेजन भएमा उनले खुसि व्यक्त गरे । जुन सीप बवारकाे आवश्यकता छ । त्यहि सिपलाई आफ्नो व्यवसायी मार्फत गर्ने नागरिकलाई अवसर दिएको उनको तर्क छ ।  कार्यालयले लाेपाेन्मुख तथा सिमान्तकृत समुदायकाेलागि बिनियाेजन ४० लाख बजेट अन्तर्गत साेहि समुदायलाई लक्षित गरि विभिन्न कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।


कार्यालयले गरेको सुचनाअनुसार आएका १८ जना सिमान्तकृत समुदायलाई सीप बिकास कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । कर्णाली प्रदेश सरकारकाे सिमान्तकृत तर्फकाे कार्यक्रम अन्तर्गत जिल्लाका ५ स्थानमा तालिम सञ्चालन गरिएको उनको भनाइ छ । कर्यालयले जिल्लाका सात स्थानीय तहका ५८ जनालाई २ महिने सीप बिकास तालिम सञ्चालन गरेको छ । कार्यालयले विभिन्न सीप बिकास तालिम सञ्चालन गर्दै आएकाे छ । कार्यालयले सीप बिकास मार्फत महत्त्वपूर्ण याेग्दान गर्दै आएको जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीले बताए  । विभिन्न समुदायकाे प्रतिनिधित्व हुने गरि व्यवसायी तालिम सञ्चालनले जिल्लाका व्यराेजगार यूवाहरुमा कार्यक्रम प्रभावकारी भएको उनको भनाइ छ ।





  • फेसबुकबाट तपाईको प्रतिक्रिया