हेलो हाई नमस्कार’ सार्वजनिक, प्रेम र पिरतीको भाव बोकेको डान्सिङ गीत

काठमाडौं । गायिका मेनुका राईको स्वरमा सजिएको नयाँ डान्सिङ गीत ‘हेलो हाई नमस्कार’ सार्वजनिक गरिएको छ। गीतकार चन्द्र जयपाल राईको शब्द र संगीतकार डि आर अटुको संगीतमा तयार पारिएको उक्त गीतमा माया, प्रेम र पिरतीका भावहरू समेटिएका छन्।

गीतको म्युजिक भिडियोमा सोनम तामाङ र संजना गुरुङ फिचरिङमा देखिएका छन्। कोरियोग्राफर पुनम श्रेष्ठको कोरियोग्राफी, ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन तथा राकेश दाहालको सम्पादन रहेको भिडियो जस बहादुर याक्खाको निर्देशनमा तयार गरिएको हो।

‘हेलो हाई नमस्कार’ एक जीवन्त र रमाइलो शैलीको गीत हो, जसले दर्शक तथा स्रोतामाझ रमाइलो महसुस गराउने उद्देश्य लिएको छ। भिडियोमा आकर्षक नृत्य, उत्कृष्ट दृश्य संयोजन र कलाकारहरूको प्रस्तुति मुख्य आकर्षण बनेको छ।

भिडियो हेर्न याे लिङ्कमा क्लिक गर्नुहोला ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया