
जाजरकोट। नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ जाजरकोटको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट विमल रोकाय (सुजेन्द्र आर.सि.) संघको जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्।
यसअघि संघको जिल्ला अध्यक्ष यज्ञ बहादुर वटाला थिए। नयाँ नेतृत्व चयनसँगै संघको नेतृत्व परिवर्तन भएको हो।
सोमबार नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयको सभाहलमा सम्पन्न अधिवेशनले १९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो। नवगठित कार्यसमितिमा उपाध्यक्षमा अमृता मल्ल र गिता बुढा चयन भएका छन् भने सचिवमा कृष्ण विक्रम शाह, सह–सचिवमा विरेन्द्र शाही, र कोषाध्यक्षमा मोहनराज गिरी चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा धर्मराज ज्योती, आशिष सिंह, सुन्दर पुन, सन्दिप घर्ती, दिपक नेपाली, कृति पुन, खिमराज खत्री, कृष्ण सिंह, रुपक शाही, सन्देश शाही, भक्त बहादुर चन्द र दिपक कठाएत चयन भएका छन्।
त्यसै गरी अधिवेशनले केन्द्रीय महाधिवेशनका लागि ५ जना प्रतिनिधि छनौट गरेको छ, जसमा यज्ञ बहादुर बटाला, गणेश बहादुर विष्ट, लोकेन्द्र चन्द, इन्द्रा चन्द सिंह र निशानी बुढालाई छनौट गरेको हो ।
नव-निर्वाचित अध्यक्ष रोकायले खेलकुद क्षेत्रमा लोकतान्त्रिक मूल्य र सिद्धान्तको प्रवर्द्धन गर्दै जिल्लामा खेलकुद विकासका लागि सकृय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। अधिवेशनले संगठन सुदृढीकरण र खेलकुद प्रवर्द्धनलाई मुख्य कार्यदिशा बनाउने निर्णय गरेको छ।






विनोद कुमार घर्ती (रिदम) । २०८१ चैत्र २५ गते सोमवार