करेन्ट लागेर भेरी नगरपालिका चन्द्र प्रकाश घर्ती घाइते

जाजरकोट ।  जाजरकोटको भेरी नगरपालिका चन्द्र प्रकाश घर्ती करेन्ट लागेर घाइते भएका छन् ।
भेरी नगरपालिका ७ घर भएका २६ बर्षीय घर्ती सहित ३ जना करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
गिट्टी पेल्ने मिक्सर मेसिन विद्युत् सर्ट हुदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरिक्षक माधब विश्वकर्माले बताए ।

करेन्ट लागेर घाइते हुनेमा सल्यान कुमाख गाउँपालिका ६ का २६ वर्षीय गोपाल डिसी, सोहि जिल्लाका ३२ वर्षीय दिपक रावत रहेका छन् । भेरी नगरपालिका–४ गणेश वलीको घर निर्माणका क्रममा करेन्ट लागेर घाइते भएको  प्रहरीको भनाइ छ । घाइतेहरुलाई स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा उपचार जारी रहेको छ ।
करेन्ट लागेर घाइते भएका तिन जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विश्वकर्मले बताएका छन् ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया