
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका २ कोशेरीका लक्षे पुनले असारको झरिमा खेताला सहित रोपाईमा होमिएका हुन्थे । गाउँ भरीका मान्छेलाई खेताला र रोप्नेकामका लागि ज्यला दिएर उनको करिब २७ रोपनी जग्गामा यतिबेला कुनै दिन रोपाइको चटारो हुन्थ्यो । तर तिन चार बर्ष यता पुनले खेतमा रोपाई गर्न पाएका छैनन् । घर नजिकैको खेतमा यतिबेला सुन्सान छ । खेतमा यतिबेला न खेताला छन् । न रोप्ने मान्छे । उनले परम्परागत खेतिलाई मास्दै सुन्तला खेति सुरु गरेका छन् । आफनो नाममा रहेको २७ रोपनी जग्गामा सुन्तला खेति सुरु गरेको उनको भनाइ छ ।
थोरै मिहेनतमा धेरै आम्दानी लिन सकिने भएपछि आफुले सुन्तला खेति रोजेको उनको भनाइ छ । उनले भने “बारिमा रहेका पुराना बिरुवाले सामान्य उत्पादन दिन सुरु गरेका छन्, ति बिरुवाबाट बर्षको ५० हजार देखि २ लाख सम्म आमदानी भएको छ । बर्ष भरी खेतबाट १५ मुरी धान हुन्थ्यो । अहिले त्यही जग्गाबाट सुन्तला ३ हजार ५ सय केजि उत्पादन भयो । उक्तबाट करिब २ लाख आम्दानी भएको थियो ।”
पुन मात्र हैन कोशेरी गाउँका दुर्गा बहादुर खत्रीले पनि परम्परागत खेतिलाई मासेर सुनतला खेति सुरु गरेका छन् । जिल्लामा सुन्तला खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ ।

यहाँका अधिकांश किसानले परम्परागत खेति मासेर सुन्तलाबारी खेती गर्न थालेका छन् । कोशेरी गाउँका किसानहरु शिव शक्ति कृषि समुहमा ३६ जना आवद्ध भएर गाउँमा सुन्तला खेतिमा जुटेको स्थानीय कणर् बहादुर खत्रीले बताए । यहाँका किसानहरुले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यान्वयन एकाई जाजरकोटको आर्थीक सहयोगमा लागत साझेदारी कार्यक्रम मार्फत सुन्तला खेति सुरु गरेका छन् । कार्यालयको चालु आर्थीक बर्ष २०८०/८१ को लागत साझेदारी कार्यmम अन्तर्गत २ हजार सुन्तलाका नयाँ बिरुवा लगाएका छन् । कार्यालयका अनुसार कोशेरीका करिब १०० रोपनी क्षेत्रफल जमिनमा २ हजार सुन्तलाका बिरुवा रोपिएको छ । किसानको २ लाख ४५ हजार ,कार्यालयको २ लाख ४५ हजार लागत साझोदारीमा कार्यक्रम सञ्चालन भएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यान्वयन एकाई जाजरकोटका कार्यालय प्रमुख गणेश बहादुर थापाले बताए ।
सुन्तला खेति पछिल्लो समय जाजरकोटका गाउँगाउँमा समेत विस्तार हुँदै गएको छ । उनले भने् “सो खेतिबाट किसानले मनग्ये आय आर्जनसमेत गर्न थालेका छन् । गाउँको बाँझो जमिनमा लगाएको सुन्तला खेती यहाँको हावापानीमा एकदमै फस्टाएको छ । सुन्तला मङ्सिर पुसमा नै पाक्ने भएकाले यसको बजार राम्रो छ ।” “व्यापारीको दःख छैन, बगानमै आउँछन् र एकमुस्टमा दाम काम गरेर जान्छन् ।”, थापाले भने । हाल जिल्लाको उत्पादित सुन्तला जाजरकोटको स्थानीय बजार तथा सुर्खेतमा बिक्री भइरहेको छ । बजारको समस्या नभएपछि पनि यस खेतीतर्फ किसानको आकर्षण बाक्लिएको छ ।

जिल्लामा उत्पादन भएको सुन्तलालाई देशका विभिन्न ठाउँमा प्रवद्र्धन गर्नका साथै प्रचारप्रसार गर्न र किसानलाई हौसला प्रदान गर्न कार्यालयले समन्वय र सहयोग गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यान्वयन एकाई जाजरकोटका कृषि प्राबिधिक सुवास सिंहले बताए । समुद्री सतहबाट १ हजार ३ सय सय मिटर देखि माथि रहेको ठाउँमा यसको खेती गर्न सकिन्छ । बिरुवा रोपेको केही वर्षभित्रै उत्पादन दिने भएकाले यहाँका किसानले पाखोबारी, कान्ला र खेतमा सुन्तला रोपेर नियमित आम्दानीको स्रोत बनाउन थालेको सिंहको भनाइ छ । तिन नगरपालिका र चार गाउँपालिका भएको जाजरकोटका सबै स्थानीय तहमा सुन्तला खेति हुने गरेको छ ।
कार्यक्रमको स्थलगत अनुगमन

जाजरकोटको भेरी नगरपालिका २ कोशेरीमा आयोजनाको स्थलगत अनुगमन गरिएको छ । गत शनिवार जिल्लाका सरोकारवाला निकायले स्थलगत अनुगमन गरेका हुन । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यान्वयन एकाई जाजरकोटबाट सञ्चालित कार्यक्रमको बिषयमा अनुगमन गरिएको हो । जिल्ला समन्वय समिति जाजरकोटको नेतृत्वमा अनुगमन गरिएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यान्वयन एकाई जाजरकोटका सुचना अधिकारी मिना महताराले बताईन । कार्यालयबाट सञ्चालित लागत साझेदारी कार्यक्रमको स्थलगत पुगेर निरिक्षन गरिएको छ । शिव शक्ति कृषि समुहले कार्यालयबाट २ लाख ४५ हजार रकम अनुदान लिएको थियो । उक्त अनुदानको कार्यान्वयनको अवस्था बारे जनाकारी लिन कोशेरी पुगेको जिल्ला समन्वय समितिका प्रमुख कालि बहादुर खत्रीले बताए । परम्परागत खेत लगाउने बारीमा समेत व्यवसायी सुन्तला खेतिको सुरु गरेको पाइएको खत्रीले बताए । पुरानो जमानामा खेतबाट धान उत्पादन गर्ने मात्र काम हुन्थ्यो । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यान्वयन एकाई जाजरकोट सुन्तला उत्पादनमा जोड दिएको पाइयो । किसानलाई रोजगारिको राम्रो माध्यम भएको उनको भनाई छ । एकाई जाजरकोटबाट बिरुवा २ हजार थान बितरण भएको थियो । जसमा कलमि सुन्तला १८ सय, २ सय कलमी कागति बिरुवा किसानले पाएको स्थानीय लाल बहादुर वलीले बताए । कार्यालयको अनुदान अन्तर्गत मल,खाड्ल,सिचाई,बिरुवा पाएको उनको भनाइ छ । जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख खत्रीको नेतृत्वमा कोशेरी पुगेको थियो ।
जाजरकोटमा ४५ हेक्टर क्षेत्र विस्तार

जाजरकोटमा सुन्तला खेतिमा ४५ हेक्टर क्षेत्रफल बिस्तार भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन एकाई जाजरकोटका अनुसार आर्थीक बर्ष २०८०/०८१ मा ४५ हेक्टर क्षेत्रफाल बिस्तार भएको हो । कार्यालयले गरेको सर्वेक्षण अनुसार यस आर्थीक बर्षमा विस्तार भए संगै ६ सय ६५ हेक्टर क्षेत्रफलमा सुन्तला जातको फलफुल खेति हुने गरेको छ । कार्यालयका अनुसार आ.ब २०७९।८० मा६२०० हेक्टर क्षेत्रफलमा सुन्तलाजात फलफुल खेती गरिएको थियो । कुशे गाउँपालिका, नलगाड नगरपालिका, भेरी नगरपालिका र छेडागाड नगरपालिका क्षेत्र बिस्ता भए संगै हेक्टर बृद्धि भएको कार्यालय प्रमुख गणेश बहादुर थापाले बताए ।
जिल्लामा आ.व २०७९।८० परियोजनाको कार्यक्षेत्रमा १०.७ मे.टन प्रति हेक्टर रहेको थियो
चालु आ.वमा उत्पादकत्व अनुमान गर्दा १३.१ रहेको छ कार्यालय स्रोतले जनाएको छ । आ.व २०७९।८० को भन्दा २२ % उत्पादकत्वमा वृद्धि भएको कार्यालयको दाबी छ । असल बगैचा व्यवस्थापन, काटछाट अनुकुल मौसम, सिंचाई क्षेत्र विस्तार, बगैचा सुदृढीकरण कार्यक्रम संचालन, आकस्मिक वाली संरक्षण शिविर, स्थलगत तथा जिल्ला स्तरीय अभिवृद्धि तालिम लगाएतका कार्यक्रमले उत्पादकत्व बढेको छ । जिल्लामा चालु आर्थीक बर्षमा ८ हजार १ सय मे.टन उत्पादन भएको कार्यालयले जनाएको छ । जाजरकोट जिल्लाबाट मात्र ३२ करोडको सुन्तला बिक्रि भएको छ ।






द मालिका पोष्ट । २०८१ असार २७ गते बिहिवार