
जाजरकोट । नेपाल पत्रकार महासङ्घ सुर्खेतको सूचना अधिकारीकाे जिम्मेवारी सुशील खड्कालाई दिइएकाे छ । आज (बुधवार) शाखाका अध्यक्ष सुशील राज शर्माको अध्यक्षतामा बसेको पाँचौ कार्यसमिति बैठकले खड्कालाई सूचना अधिकारी बनाउने निर्णय गरेको हो ।
पत्रकार महासंघ केन्द्रको सर्कुलर अनुसार खड्कालाई सुचना अधिकारी तोकिएको नेपाल पत्रकार महासंघकाे निर्णयमा उल्लेख छ। महासंघका हरेक गतिविधिलाई सार्वजनिक गर्ने जिम्मवारी दिन खड्कालाई सूचना अधिकारी ताेकिएकाे अध्यक्ष शर्माले जानकारी दिए । खड्का नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्षसमेत हुन् ।
यस्तै आज (बुधवार) बसेको कार्यसमिति बैठकले चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा काठमाडौँको तीनकुनेमा भएको भवन आगलागीमा परेका मृतक पत्रकार सुरेश रजकको शोक प्रस्ताव पारित गरेको छ ।






विनोद कुमार घर्ती (रिदम) । २०८१ चैत्र २० गते बुधवार