२३ दिन देखि वेपत्ता गोविन्द थारुको सव फेला

जाजरकोट ।  भेरी नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भयका बर्दिया बारबर्दिया ४ का गोविन्द थारु को सब फेला परेको छ ।
गत चैत्र १२ गते बेलुका ५ बजेको समयमा भेरी नगरपालिका वडा नं १३ राक्से स्थित भेरी नदिमा नुहाउने क्रममा डुबी बेपत्ता भएको थारुको सब बुधवार फेला परेको छ ।
थारुको सब भेरी नगरपालिका वडा नं १३ घाटाचौर स्थित जिल्ला सल्यान र जाजरकोट जोडीने पुलमुनि भेरी नदीको बिच भागमा अड्एिको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता एबं सुचना अधिकारी (प्रहरी निरीक्षक) माधब बिश्वकर्माले द मालिका पोस्ट लाइ जानकारी दिनुभयको हो ।
थारुको घटनाबारे थप अनुसन्धान कार्यको लागी जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृतको टोली खटी गई थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिनुभएको छ ।
उनी भेरी नगरपालिका वडा नं १३ कुदुमा बसी घर बनाउने लेवर काम गर्दै आएका थिय ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया