
जाजरकोट । सवै बालबालिकाको विद्यालयमा सहभागिता,गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितताभन्ने नाराका साथ विद्यालयभर्ना अभियान सन्चालन गरिएको छ । जाजरकोटजिल्लामा शिक्षा क्षेत्रमा काम गरिरहेका विभिन्न संघसस्थाको समन्वयमा तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा जाजरकोटले सञ्चालन गरिरहेको नेपाल छात्रवृत्ति कार्यक्रम परियोजना अन्तरगत विद्यालयभर्ना अभियान सञ्चालन गरि अभिभावकलाई जागरण गराउन घरदैलो भेटघाट तथा र्याली सम्पन्न गरिएको संस्थाका जिल्ला कार्यक्रम अधिकृत कृष्ण तिरुवाले बताए । भेरी नगरपालिका १ कोलचौर तथा रावतगाँउमा अभिभावक भेटघाट , सचेतना तथा र्याली सम्पन्नगरिएको हो । यहाँ दलित समुदायको बाक्लो बस्ती रहेको छ ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा जाजरकोटको आयोजनामा गैरसरकारी संस्था महाँसँघ, नेपालपत्रकार महाँसँघ, नागरिक समाज, शिक्षाकालागि राष्ट्रिय अभियान नेपाल , यार्सन जाजरकोट, वहुआयामिक विकास तथा अध्ययन मञ्च, किर्डाक नेपाल, लगायत संस्थाको समन्वय रहेको थियो । र्यालीमा शिवमाध्यमिक विद्यालय कालेगाउँ र दिपेन्द्र प्राथमिक विद्यालय रावतगाउँका शिक्षक, विद्यालय व्यवस्थापन समिति , अभिभावक, अस्थायी प्रहरी पोष्ट होलु खोलाका सुरक्षाकर्मीहरु र बालबालिकाहरुको सहभागिता रहेको थियो ।
अभियानको क्रममा भेरी नगरपालिका १ कोलचौर देखि रावतगाउँ सम्म र्यालीमा प्लेकार्ड सहित आएर अभिभावकहरु सँग भेटघाट तथा सचेतना गर्दै रावतगाउँ विद्यालयमा सम्पन्न गरिएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जिल्ला शाखा जाजरकोटका उपाध्यक्ष रती नेपाली विक, जिल्ला कार्यक्रम अधिकृत कृष्ण तिरुवा, नागरिक समाजका संयोजक राजेन्द्र विक्रमशाह,सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक अनन्त विक , यार्सनका जिल्ला कार्यक्रम संयोजक सहदेव बस्नेत,नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय कोषाध्यक्ष बिर बहादुर बस्नेत, कीर्डाक नेपालका जिल्ला कार्यक्रम संयोजक महेन्द्र शाही, शिव मावि कालेगाउँका प्रधानाध्यापक उत्तर वटाला, विब्यस अध्यक्ष सज्जनराज विक, होलुखोला प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक बिर बहादुर थापा, दिपेन्द्र प्राथमिक विद्यालय रावतगाउँका विब्यस अध्यक्ष कालीवहादुर रावत, प्रधानाध्यापक धुर्व जंगशाह, सदस्यधर्मराज परियार लगायतको सहभागिता रहेको थियो ।







विनोद कुमार घर्ती (रिदम) । २०८१ बैशाख १० गते सोमवार