
जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–४ अछार्नीस्थित वडा कार्यालयमा अज्ञात समूहले गएराति आगजनी गरेको छ । बुधबार साँझ अज्ञात व्यक्तिहरुले वडा कार्यालयको ढोका तोडफोड गरी आगजनी गरेका हुन् ।
कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार आगजनीका क्रममा कार्यालयमा रहेका महत्त्वपूर्ण कागजातसहित कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका सामग्री जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख बसन्त प्रसाद शर्माले घटनामा संलग्न व्यक्तिहरुको पहिचान हुन नसकेको बताए ।‘घटनास्थलमा प्रहरी खटाइएको छ, प्रारम्भिक अनुसन्धान भइरहेको छ, अहिलेसम्म आधिकारिक विवरण आइसकेको छैन।’






द मालिका पोष्ट । २०८२ भाद्र २६ गते बिहिवार