खेलकुद महासंघ जाजरकोटको अध्यक्षमा राना


जाजरकोट, वैशाख ३१ – नेपाल खेलकुद महासंघ जाजरकोटको अध्यक्षमा निरज राना सर्वसहमत चयन भएका छन ।
नेकपा एमालेको जनसंगठन खेलकुद महासंघ जाजरकोटको अध्यक्षमा राना सर्वसहत चयन भएका हुन । बुधबार सदरमुकाम खलंगामा भएको महासंघको पहिलो अधिवेशनबाट रानाको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कमिटि सर्वसहमत चयन भएको हो ।
उपाध्यक्षमा प्रकाश घर्ति मगर र दिलिप वि.सी. चयन भएका छन् । यस्तै, सचिवमा धुर्वराज रोकाय, उपसचिवमा अम्मर बहादुर बुढा, कोषाध्यक्षमा सपना विक चयन भएका छन् ।
सदस्यहरूमा सपना गिरी, सिमान्त रोकाय, विपना वि.क., गणेश सिंह, मेलिना वली, राजेश वि.क., भरत वि.क., चन्दा विष्ट र विकास विक छन् ।
लोकेन्द्र सिंहको अध्यक्षता तथा महासंघका केन्द्रिय उपाध्यक्ष नन्दा वस्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं जाजरकोट इन्चार्ज भैरव सुन्दर श्रेष्ठको विशिष्ट आतिथ्यता तथा केन्द्रीय सदस्य द्धय निरज आचार्य र डम्बर बहादुर सिंहको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रमा सम्बोधन गर्दै प्रमुख अतिथि वस्यालले अधिवेशन उद्घाटन गर्दै भने, “खेलकुद क्षेत्रलाई संगठित, सबल र सक्रिय बनाउन स्थानीय तहबाटै नेतृत्व उत्पादन हुनु आवश्यक छ । निरज रानाको नेतृत्वमा नयाँ समिति जिल्लामा खेल गतिविधिमा सशक्त भूमिका निर्वाह गर्ने विश्वास लिएको छु ।”

तेसैगरी नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं जाजरकोट इन्चार्ज श्रेष्ठले “खेल केवल प्रतियोगिता जित्ने माध्यम होइन, अनुशासन, नेतृत्व, स्वास्थ्य र आत्मविश्वास विकासको आधार हो । जाजरकोटका युवाहरूमा अपार क्षमता छ, उनीहरूलाई उचित अवसर र वातावरण दिन सके, उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सक्छन् ।”
उनले थपे, “आजको अधिवेशनले संस्थागत रूपमा खेल क्षेत्रलाई गति दिने मात्र होइन, जाजरकोटका युवालाई अनुशासित, जिम्मेवार र सक्षम बनाउने दिशामा नयाँ ढोका खोल्ने विश्वास लिएको छु ।” खेलकुद महासंघ संग आवद्ध युवाहरु पार्टीका महत्वपुर्ण मेरुदण्ड हुन् । इनिहरुको सकृय सहभागिता विना पार्टीले गती लिन नसक्ने बताए । खेलकुद महासंघका युवाहरुलाई पार्टीको हितमा अनुशासन र गतिशिल भएर लाग्न निर्देशन समेत दिए ।
कार्यक्रममा महासंघका स्थायी समिति सदस्य प्रमोद हमाल, नेकपा एमाले जाजरकोट उपाध्यक्ष विश्व विक्रम शाह, सचिव गोपाल नेपाली, उपसचिव सुनिता बोहरा, जिल्ला कमिटी सचिवालय सदस्य नर बहादुर वस्नेत, रामचन्द्र घर्ती, जि क स राम बहादुर सिंहलगायतको उपस्थिति रहेको थियो ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया