नलगाडमा ट्याक्टर दुर्घ*टना, चालक गम्भीर घाइते

जाजरकोट । नलगाड नगरपालिका–९ तात्रामा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।

भे.२ त. १६७० नम्बरको ट्याक्टर तात्रागाडबाट सिमेन्ट र जस्तापाता लोड गरी तात्रागाउँतर्फ जाँदै गर्दा उकालो चढ्ने क्रममा ब्रेक फेल भई करिब ७०० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा नलगाड नगरपालिका–१ निवासी अ. २२ वर्षीय चालक सुभाष बि.क. गम्भीर घाइते भएका छन्। उनको टाउको, निधार, दाहिने हात र दुबै खुट्टामा चोट लागेकाले बोल्नसमेत नसक्ने अवस्था रहेकाले उपचारका लागि उनलाई रुकुम पश्चिमको नगर अस्पताल, राडि पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त प्रशाद शर्माले जानकारी दिए।

दुर्घटनामा ट्याक्टर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया