भेरी ज्ञानोदयमा नेवि संघ र अनेरास्ववियुको संयुक्त प्यानल द्वारा उम्मेदवारी दर्ता

जाजरकोट । भेरी ज्ञानोदय क्याम्पस जाजरकोटमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेपाल विद्यार्थी संघ (नेवि संघ) र अनेरास्ववियुको संयुक्त प्यानलले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएको छ।

विद्यार्थीहरूको हकहितको रक्षा, शैक्षिक सुधार, र क्याम्पस विकासलाई प्राथमिकतामा राख्दै गठित यस प्यानललाई अत्यधिक बहुमतले विजयी गराउन सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक अपिल गरिएको छ।

संयुक्त प्यानलका उम्मेदवार अध्यक्ष: प्रनिल विक्रम चन्द (नेवि संघ), सचिव: राजेन्द्र खत्री (अनेरास्ववियु), कोषाध्यक्ष: प्रमिता खत्री (अनेरास्ववियु) सदस्य खीम बहादुर थापा (नेवि संघ), देविका कार्की (अनेरास्ववियु) स्ववियु निर्वाचन केवल विद्यार्थी नेतृत्व चयन गर्ने प्रक्रिया मात्र नभई विद्यार्थीहरूको अधिकार सुनिश्चित गर्ने अवसर पनि भएकाले सचेत र सक्रिय सहभागिताका लागि सम्पूर्ण विद्यार्थीहरूलाई अपिल गरिएको छ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया