सुर्खेतमा करेन्ट लागेर १ जनाको मृ*त्यु

 

जाजरकाेट । सुर्खेतको गुर्भाकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–१४ बस्ने वर्ष ३६ का धनराज सलामी रहेका छन् । घर नजिकै छिमेकीको घरको ढलान गर्न गएका सलामी शनिवार बिहान ९ः३० बजेको समयमा करेन्ट लागेर घाइते भएका थिए । उनलाई उपचारको लागि मेहलकुना अस्पताल पुर्याएकोमा अस्पतालले मृत्य घोषणा गरेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए । हाल उनको शव पोस्टमार्टम गरी घर पठाइएको प्रहरीले जनाएको छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया