२०८१ मंसिर १२ गतेकाे भेरीमालिका दैनिक के छापियाे ?

गाउँमै काम, गाउँमै समृद्धिः भेरीका ६ सय ५ युवा सडक निर्माणमा अग्रस

जाजरकोटको प्रमुख रोजगारीको गन्तव्य रहेको भारत जाने युवाहरू तिहार लगतै पलायन भएका छन् । जिल्लामा रोजगारी नहुँदा यहाँका हजारौँ युवाहरू काला पहाड गएका छन् । दसैँ र तिहारका लागि गाउँ भित्रिएका जाजरकोटीहरु आफ्नो खर्च जोहो गर्न परिवार सहित धमाधम गाउँ गाउँ छाड्दै छन् । जिल्लाको कुशे गाउँपालिका ७ र नलगाड नगरपालिका उपप्रमुख पदको उपनिर्वाचनका लागि मतदान गर्न प्रतीक्षा गरिरहेका बाहेक अन्य स्थानका अधिंकांस नागरिकहरू भारत पलायन हुने क्रम जारी रहेको छ। तर भेरी नगरपालिका-१ का स्थानीय बेरोजगार युवाहरूले काला पहाड (विदेश) जाने सपना त्यागेर गाउँमै रोजगारी पाएका छन्। नगरपालिकाले रावत गाउँ, कोल चौर, मैदेचौर, घुयलनेटा, डोरीकाडाँ, र बडा लेख जोड्ने सडक स्तर उन्नतिको काममा ६०५ जना युवालाई प्रत्यक्ष रूपमा रोजगारी दिएर गाउँको विकासमा सहभागी गराएको हो । भूकम्पका कारण थलिएको उक्त स्थानमा नगरपालिकाले युवाहरूलाई सडक निर्माणको काममा लगाउँदा यति बेला हातमा कुटो कोदालो सहित यस क्षेत्रका नागरिकहरूले रोजगारीको मुख्य स्रोतका रूपमा लिएका छन् । सूक्त पूर्नलाभ कार्य योजना र सामुदायिक पूर्वाधार उत्थानशीलता तथा खाद्य सुरक्षा अभिवृद्धि परियोजना र भेरी नगरपालिकाको सूक्त समन्वय साझेदारीमा युवाहरूले गाउँमै काम पाएका छन् । नगरपालिकाले व्यरोजगार युवाहरूलाई रावत गाउँ कोल चौर मैदे चौर घुयलनेटा डोरीकाडाँ बडा लेख सडक स्तर उन्नतिमा प्रत्यक्ष रोजगारी दिएको भेरी नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्तीले बताए । आयोजनाबाट भेरी नगरपालिका १ का ६ सय ५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । घरको खाना, खाजा खाएर दैनिक ९ सय सम्म ज्याला पाएपछि यस क्षेत्रका नागरिकहरू खुसी रहेको भेरी नगरपालिका उपप्रमुख सिता जैसीले बताइन । घर अगाडीको काममा दिदिबहिनिहरु मिलेर गाउँमा काम गर्दै आएको उनको भनाइ छ । भूकम्प प्रभावित परिवारका अति विपन्न परिवारलाई परियोजनाले काम गरेको उनको भनाइ छ। परियोजनाले भुरचौर स्याउली र भेरी नगरपालिका ६ को भेर्यामा समेत परियोजनाले आफ्नो काम अगाडी बढाएको छ । गाउँमै रोजगारी पाएका कारण पैसा भन्दा काम पाएकोमा गर्व महसुस भएको भेरी नगरपालिका १ का मन बहादुर रानाले बताए । ‘बिहान ७ बजेदेखि काम सुरु हुन्छ । खाना यतै फकाउँछौँ । साँझसम्म काम गछौं । कमाइ पनि राम्रो छ,’ उनले भने, ‘पहिले गाउँमा के योजना आउँथे, कसले काम गर्थे थाहा थिएन । भारतबाट दशैका लागि घर आउँदा अहिले गाउँमा काममा व्यस्त भएका छौँ । ‘भारतमा ज्याला मजदुरी गरी मासिक ५ हजार बचाउन पनि सकिँदैन थियो,’ मन बहादुर भन्छन्, ‘अहिले गाउँमा काम पाएपछि उताभन्दा बढी कमाइ छ ।’स्थानीयहरू उपभोक्ता समितिमा बस्न पाउने र सर्वसाधारणहरूले काम पनि पाउने भएकाले स्थानीयको आयआर्जन बढेको छ । सम्बन्धित वडाभित्रको कच्ची सडकको स्तरउन्नतीको काममा खटाइएको छ । भेरी नगरपालिकाले भदौ २ गते देखि लागु हुने गरी काम अगाडी बढाएको थियो । कार्यक्रमबाट ३ हजार ९ सय ४२ जनसंख्या लाभान्वित हुने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीले बताए ।कुल २ करोड ८६ लाख ३५ हजार ८ सय ७८ रुपैयाँ लागतमा आयोजनाको काम जारी रहेको उनको भनाइ छ । आयोजना आगामी मङ्सिर ३० गते सम्पन्न हुने मिति रहेको छ । उक्त आयोजनाको भेरी नगरपालिकाले स्थलगत अनुगमन गरेको छ । मङ्गलवार नगर उपप्रमुख सिता जैसीको नेतृत्वमा आयोजनाको स्थलगत अनुगमन गरिएको भेरी नगरपालिकाले जनाएको छ ।

 

 

 




  • फेसबुकबाट तपाईको प्रतिक्रिया