नेविसंघ द्धारा पुस्ताकालयकाे लागि पुस्तक सहयोग


क्याम्पसमा लाइब्रेरी स्थापना गर्नका लागि नेबिसंंघले पुस्तक सहयोग गरेको छ । नेपाल विद्यार्थी संघले नलगाड बहुमुखी क्याम्पसमा पुस्तकालय स्थापना पुस्तक सहयोग गरेको हो । संघले ५ सय ५० थान पुस्तक जिल्ला कार्यसमिति जाजरकोटलाई हस्तान्तरण गरेको छ । बुधवार एक कार्यक्रमको आयोजना गरि क्याम्पसलाई लाइबेरीका लागि पुस्तक हस्तान्तरण गरिएको नेपाल बिद्यार्थी संघ जाजरकोटका अध्यक्ष अनिश कुमार कार्कीले बताए ।,गत वर्ष चैत्र ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा साझा प्यानलको विजयी सभामा जिल्ला अध्यक्ष कार्कीले एक वर्षभित्र विद्यार्थीको सहजता र शैक्षिक स्तर सुधारका लागि ‘लाइब्रेरी’ स्थापना गर्ने प्रतिज्ञा गरेका थिए । सोही अनुरूप केन्द्रीय कार्यसमितिको पहलमा यो कदम अघि बढाइएको हो, हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले भनेका थिए । “विद्यार्थी राजनीति युग अनुरूप, समय सान्दर्भिक र विद्यार्थीमुखी हुनुपर्छ, हामी केवल नारा होइन व्यवहारिक काम गरेर देखाउने पक्षमा छौं, पुस्तकालय स्थापना हाम्रो दीर्घकालीन दृष्टिकोण हो ।

जसले विद्यार्थीलाई ज्ञान र सिर्जनात्मकतामा अग्रसर बनाउँछ”, । अभियानलाई सफल बनाउन नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सहयोग गरेका थिए ।, स्ववियु टिम र नलगाड बहुमुखी क्याम्पस प्रशासनप्रति आभार व्यक्त गर्दै संघले आगामी दिनमा पुस्तकालय सञ्चालनका लागि थप स्रोत र सामग्री जुटाउने प्रतिबद्धता पनि जनाएको छ ।, विद्यार्थीले पनि यस पहललाई ऐतिहासिक कदम भन्दै स्वागत गरेका छन् । यसले शैक्षिक वातावरणलाई नयाँ ऊर्जा दिने अपेक्षा राखिएको छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया