
“ प्रिय कर्मचारी ”
रगत र पसिना वेचेर
तिम्रो तलवको जोहो गरिदिने एउटा गरिव
तिम्रो अफिसमा आउदा
उसलाइ देखेर तिमी नतर्किनु
नमिठो वोलरे कहिलै नझर्किनु
कुर्सीवाट शासक वन्दै
उसको ढोग नपर्खिनु
उ तिमीलाइ त्यसै भगवान मान्छ
आफै इस्वर वन्न नखोज्नु
कुटिल सुशासन उ वुझ्दैन
अफिसमा उ हैरानीले भौतारिदा
अझै निर्दयी वनेर उसलाइ फनफनी नघुमाउनु
तिम्रो अफिस भरि उ डर देख्छ, भर देख्दैन
उ संग ठुलो स्वरले नवोल्नु
उतिर रिसाएको अनुहार नलगाउनु
छल र कपटको उ प्रतिवाद गर्न सक्दैन
किन भने उ सोझो हुन्छ, निर्दाेष हुन्छ अनि एक्लो हुन्छ
व्यवस्थाको असली मालिक भएर पनि उ आफुलाइ चिन्न सक्दैन
उ आफु मालिका भएर पनि तिमीलाइ सेवक मान्दैन
तिमी सुशासनको नारा ढोकामा टाँसेर वसेका हुन्छौ
अफिस भित्रै उ विचरो तेल आउने गरि पेलिन्छ
उ तिमीलाइ हाकिम मान्छ , सरकार मान्छ
मैलो लुगा, फुटेका पैतला र ढल्के टोपीको फाइदा नउठाउनु
व्यवस्था र क्रान्तिले सवै लुटेर वेवारिसे पारिएको मान्छे हो उ
तिमी नियम पढ्छौ, कानुन् पढछौं सवथोक पढछौं
त्यो संगै तिम्रो चेम्वरमा आएको गरिवको पिडा पनि पढिदिनु
विचरा उ वोलीले घोचिन्छ, व्यवहारले होचिन्छ र नियतले ठोसिन्छ
तर पनि उ वोल्दैन, उफ्रिदैन अनि चुरिदैन
तिमीले पिडा दिएरै काम गरिदिएउ भने पनि
उ मुहार भरि खुसी पोतेर हौसिदै घर फर्किन्छ
त्यसैले प्रिय कर्मचारी
गरिवको पनि सेवक वन है
उसको पनि कुरा सुन है,
निजामति कर्मचारी दिवसको तिमीलाइ धेरै धेरै शुभकामना ।।।
लेखक जनक केसी जाजरकोट सम्पदा संरक्षण मञ्च जाजरकोटका अध्यक्ष हुनुहुन्छ ।






द मालिका पोष्ट । २०८२ भाद्र २२ गते आइतवार