
जाजरकोट । पुस १२ देखि १६ गते सम्म खलंगाको थाप्लेचौरमा भव्य रुपले सन्चालन हुन लागेको ५३ औं रमाइलो मेलाको अवसरमा आयोजना गरिएको जाजरकोट दरवार कप खुला भलिवल प्रतियोगिताको तृतीय पुरस्कार जाजरकोट खलंगाको ठाँटीवजार स्थित थकाली होटेल एन्ड रेस्टुरेन्टकी सन्चालक माया शाहीले प्रायोजन गर्ने भएकी छन् ।
हाम्रो जाजरकोट हाम्रो गौरव भन्ने मुल नाराका साथ यस वर्ष सन्चालन हुन लागिरहेको रमाइलो मेलाको अवसरमा जाजरकोटी सम्पदा र सँस्कृतिहरुको प्रचार प्रसार तथा प्रवद्र्धनमा सहयोग पुर्याउन जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको मुख्य अगुवाइमा आयोजना गरिएको भलिवल प्रतियोगिताको नाम जाजरकोट दरवार कप राखिएको छ । यस प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख १५३, द्धितीय पुरस्कार २ लाख १५३ रतृतीय पुरस्कार १ लाख १ सय ५३ रुपैया राखिएको छ । तृतीय पुरस्कारको रकम आफुले प्रायोजन गर्ने थकाली होटलकी सन्चालक एवम सफल महिला व्यावसायी माया शाहीले वताइन् ।
उनले जाजरकोटी युवाहरुलाइ सकरात्मक कार्यमा उत्साहित गराउन र जिल्लाको ठुलो मेला रमाइलो मेलाको संरक्षणमा योगदान गर्न आफुले भलिवल प्रतियोगिताको पुरस्कार प्रायोजन गरेको वताइन् । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले अघि वढाएको जाजरकोटी कला सँस्कृति संरक्षणको अभियानवाट प्रभावित भएर आफुले यो पुरस्कार प्रायोजन गरेको सन्चालक शाहीले वताइन् । जाजरकोटको लागि राम्रो गर्ने व्यक्ति सस्ँथाहरुलाइ हामी सवैले सहयोग र साथ दिनु पर्छ उनले, भनिन् ।जिल्लामा ठुलो दुख र संघर्ष गरेर दुइ दशक देखि व्यापार व्यवसायमा सक्रिय शाही सामाजिक सेवाको क्षेत्रमा पनि आफनो तर्फवाट सक्दो सहयोग गर्दै आएकी छिन् । जिल्लामा व्यापार व्यवसायको क्षेत्रमा एक्लै ठुलो संघर्ष गरेर सफल व्यावसायी वनेकी शाहीले खलंगामा कपडा पसल मार्फत आफनो व्यवसाय सुरु गरेकी थिइन ।
पसलको व्यापार छोडेर केहि वर्ष देखि ठाँटीवजारको न्युरोड स्थित आफनै घरमा थकाली होटेल एन्ड रेष्टुरेन्ट मार्फत होटेल व्यावसाय सन्चालन गरिरहेकी शाहीले विभिन्न धार्मिक तथा सामाजिक क्षेत्रमा पनि खुलेर दान दिने सकेको सहयोग गर्ने गरेकी छिन् । रमाइलो मेलाको भलिवल खेललाइ ठुलो मनले सहयोग गर्ने माया शाहीको योगदानवाट जाजरकोटी युवाहरुलाइ ठुलो हौसला मिलेको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले वताए । जाजरकोटी युवाहरुको अग्रसरतामा हुन लागेको कार्यक्रममा माया शाहीको योगदानले ठुलो साथ मिलेको उनले वताए ।
अध्यक्ष के.सी.ले सवै जाजरकोटीहरुको भावनात्मक एकता, सहयोग र सहकार्यवाट नै जिल्लाका लागि राम्रो काम गर्न सकिने वताए । जिल्लामा भलिवल खेलको प्रवद्र्धन गर्न र जाजरकोट दरवारको प्रचार प्रसार गर्न रमाइलो मेलाको अवसरमा जाजरकोट दरवार कप नाम दिएर ठुलो राशीको पुरस्कार सहित खुला भलिवल प्रतियोगिता आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष एवम मेला आयोजक समितिका केसीले वताए । माया शाहीको जस्तै सहयोग अरुवाट पनि पाएमा आफुहरुलाइ स्थानीय कला सँस्कति र मौलिकता संरक्षणको लागि ठुलो हौसला मिल्ने उनले वताए । उनले सधैं नकरात्मक सोच राख्ने र विरोध गर्ने मात्रै भन्दा पनि सकरात्मक कार्य र अभियानमा साथ सहयोग र सहकार्यको सँस्कृति जाजरकोटका लागि अति जरुरी रहेको वताए ।
जिल्लाको मौलिकता र कला सँस्कृति संरक्षण गर्ने उद्देस्यले मंसिर १९ र २१ गते सदरमुकाम खलंगाको ठाँटीमा वसेको वृहत सर्वपक्षीय वैठकले यस वर्षको रमाइलो मेला जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको अगुवाइमा सन्चालन गर्ने निर्णय भएको थियो । यस वर्षको मेलामा जाजरकोटी मौलिकता र पहिचानका धेरै कुराहरु अवलोकन गर्न पाइने र स्थानीय व्यापार व्यवसायलाइ पनि प्रवद्र्धन हुने गरि कार्यक्रमहरु सन्चालन हुने आयोजकको भनाइ छ । रमाइलो मेलाको अवसरमै आयोजना गरिएको खुला लोकदोहोरी गीत प्रतियोगिताको सम्पुर्ण पुरस्कार ६० हजार नेपालगन्ज स्थित मुनलाइट गेष्टहाउस तथा जाजरकोट खलंगा स्थित मुनलाइट डिजीटल प्रिण्टकी सन्चालक युवा व्यवसायी मोहन खड्काले प्रायोजन गर्ने घोषणा गरिसकेका छन् । मेलाका अवसरमा पुरस्कार तथा अन्य व्यवस्थापनमा सहयोग गर्नेहरुलाइ विशेष सम्मानपत्रले सम्मान गरिने वताइएको छ ।






द मालिका पोष्ट । २०८२ पुष ८ गते मङ्गलवार