
जाजरकोट । जाजरकोटका बालबालिकाहरुले बजार सरसफाइ गरेका छन् । आइतवार खलंगामा बालबालिकाहरुले सरसफाई गरेका हुन् । ज्ञान ज्योती बाल क्लबले बजार सफाई गरेका छन् । शान्ति ज्ञानकुञ्ज आवासीय विद्यालयको बाल क्लबले विद्यालयको परिसर हुँदै गैरीखाली र ठाँटीबजार सम्म सरसफाई अभियान कार्यक्रम थालनी गरेको कक्षा ८ मा अध्यानरथ छात्रा क्लवका अध्यक्ष सबिता थापाले बताए ।
उनिहरुले सरसफाई अभियानमा जाडिऔँ आफ्नो घर समाज सफा राखौ । भन्ने अभियान सञ्चालन गरेका छन् । “मेरो जाजरकोट मेरो शान, सरसफाई मेरो पहिचान“ भन्ने आदर्शलाई आत्मसाथ गर्दै विद्यालयको आफ्नो पुर्व निर्धारित कार्यतालिका अनुसार शैक्षिक शत्र २०८१ को पहिलो सरसफाई कार्यक्रम अन्तर्गत सरसफाई अभियानको सुरुवाती गरेको अध्यक्ष थापाले बताए ।

सुरक्षित पानी तथा सुरक्षित खानाको प्रयोग, घर आँगन र वरपरको वातावरणको सरसफाईले समाजमा रोगले भेटाउन नसक्ने व्यक्तिगत सरसफाईदेखि घरआँगन, टोल वातावरण सरसफाइ हुँदै गएमा धेरै रोगहरुबाट बच्न सकिने उनको भनाई छ ।
जिल्लामा रहनु हुने सम्पूणर् सहयोगी हातहरुमा हामी ज्ञान ज्योती बाल क्लबका सदस्य तथा विद्यार्थीहरु र बिधालय परिवार को तर्फबाट नमन एवं हार्दिक धन्यबाद प्रकट गर्दछौ । साथै सरसफई अभियानमा सबै लाग्न बाल क्लबले अनुरोध समेत गरेको छ ।






विनोद कुमार घर्ती (रिदम) । २०८१ असार १६ गते आइतवार