एमाले निकट शिक्षक संगठनको अध्यक्षमा चन्द


जाजरकोट । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन भेरी नगरकमिटीको अध्यक्षमा प्रकास चन्द निर्वाचित भएका छन् ।
सनिवार जिल्लाको रिद्धि होटलमा संचालन भएको कमिटिको दोस्रो नगर अधिवेशनबाट प्रकाश चन्दको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

नयाँ कार्यसमितिमा उपाध्यक्ष जोति कार्की र लोकेन्द्र खत्री, सचिव रेशम बहादुर डाँगी, सहसचिव समिक्षा शाही, कोषाध्यक्ष रत्नाकला बि.क., तथा सहकोषाध्यक्ष गोविन्द चन्द सहित २७ सदस्यको कार्यसमिति चयन भएका छ ।
नगर अधिवेशनले संगठनलाई अझै सशक्त बनाउँदै शिक्षकहरूको हक, हित र अधिकारका लागि क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ ।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया