पुर्वाधार विकास कार्यालय जाजरकोटको सहयोग र राजिव शाहको पहलमा लुम्तीखोला पुल निर्माण

जाजरकोट । छेडागाड नगरपालिका–१० र ११ जोड्ने लम्तीखोला पुल निर्माण कार्य सम्पन्न भएको छ। भाद्र ४ गते राती आएको वाडीले सो क्षेत्रको पुरानो पुल बगाएपछि स्थानीय बासिन्दा आवतजावतमा ठूलो कठिनाइ भोगिरहेका थिए।

उक्त समस्या समाधानका लागि सुर्यकिरण युवा विकास केन्द्र जाजरकोटका अध्यक्ष तथा युवा अभियान्ता राजिव शाहको पहलमा पुर्वाधार विकास कार्यालय जाजरकोटको आर्थिक सहयोगमा तत्कालीन काठे पुल निर्माण गरिएको हो।

निर्माण कार्य सम्पन्न भएपछि हाल छेडागाड र कुशे क्षेत्रका नागरिकहरू सहज रूपमा आवतजावत गर्न पाउने भएका छन्। विद्यालय, बजार र कार्यालय आवागमनमा सहजता आएपछि स्थानीयहरू खुसी भएका छन्।

अध्यक्ष राजिव शाहले पुललाई अझ आकर्षक र सौन्दर्यपूर्ण बनाउनका लागि रंगरोगन गरी पुलमा नेपालको राष्ट्रिय झण्डा समेत राखेर पुलको औपचारिक सुरुवात गरेका थिए।

शाहले भने, “वाडीले पुल बगाएपछि जनजीवन प्रभावित भएको थियो। तत्कालीन आवश्यकता अनुसार पुल पुनः निर्माण गरी स्थानीयहरूलाई सहजता प्रदान गर्न सफल भयौं।”

स्थानीय बासिन्दाहरूले पुर्वाधार विकास कार्यालय र युवा अभियान्ता शाहको सक्रिय पहलप्रति आभार व्यक्त गर्दै स्थायी पुल निर्माणका लागि पनि सरकारको ध्यानाकर्षण गराएका छन्।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया