वन डढेलो व्यवस्थापन सप्ताहमा जाजरकोटमा कृत्रिम अभ्यास

जाजरकोट । वन डढेलो व्यवस्थापन सप्ताह २०८२ अन्तर्गत मा वन डढेलो नियन्त्रणसम्बन्धी स्थलगत कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ।

डिभिजन वन कार्यालय जाजरकोटको आयोजनामा भेरी नगरपालिका १ र ३ क्षेत्रमा पर्ने स्यालापाखा–कालेगाउँ सामुदायिक वनक्षेत्रमा उक्त अभ्यास सञ्चालन गरिएको हो। कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, सामुदायिक वन उपभोक्ता समूह, पत्रकार तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

सम्भावित वन डढेलोको जोखिमलाई मध्यनजर गर्दै आगलागी नियन्त्रणका विभिन्न उपायहरूको प्रयोगात्मक अभ्यास गरिएको थियो। सहभागी सुरक्षाकर्मीहरूले आवश्यक उपकरणसहित वन क्षेत्रमा फैलिन सक्ने आगोलाई कसरी छिटो र प्रभावकारी रूपमा नियन्त्रण गर्ने भन्नेबारे व्यावहारिक प्रदर्शन गरेका थिए।

डिभिजन वन कार्यालयका अनुसार यस्ता अभ्यास कार्यक्रमहरूले वन डढेलो नियन्त्रणमा सम्बन्धित निकायहरूबीच समन्वय बढाउनुका साथै विपद् व्यवस्थापन क्षमतालाई थप मजबुत बनाउने विश्वास लिइएको छ। साथै, स्थानीय समुदायलाई वन डढेलोबाट हुने क्षतिबाट सचेत गराउने उद्देश्यले यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।

कार्यक्रमका अन्त्यमा डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख ले वन डढेलो नियन्त्रणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै समयमै तयारी र सचेतनाले ठूलो क्षति हुनबाट जोगाउन सकिने उल्लेख गर्नुभयो। उहाँले यस्ता अभ्यासहरूले वास्तविक घटनामा प्रभावकारी रूपमा काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।




  • फेसबुकबाट तपाईको प्रतिक्रिया