एउटा जवान सन्तान, रुदै-रुदै खाडी मुलुकमा पुगेपछी…. गजल पुस्कर पराग चन्द

गजल
काचो उमेर छ्दा, जीन्दगी बहुत धौडधुपमा पुग्यो ।
जवानी अबस्थाको एउटा तस्बिर, सन्दुकमा पुग्यो ।

कुनै बेला आँखामा राख्दा पनि नबिझाउने मान्छे म,
आज आएर त्यही सम्बन्ध, कसरी नुन-चुकमा पुग्यो ।

अचेल यी खाली बोत्तलहरु देख्दा पनि खुब तर्सिन्छु,
एक समय त्यो रक्सी पनि, मेरो नसाको रुपमा पुग्यो ।

बुढा बा-आमा छोडेर, अक्सर देशको अबस्था हेरेर,
एउटा जवान सन्तान, रुदै-रुदै खाडी मुलुकमा पुग्यो ।

पुष्कर पराग चन्द भेरी नगरपालिका ५, जाजरकोट
हाल : जनकपुर (मधेस प्रदेश, नेपाल)




  • फेसबुकबाट तपाईको प्रतिक्रिया