
कविता : “भोकको आगो”
सिनित्त आँसु पियर
बाँच्न हुन्न
बाँच्नुको नियति
दर्दनाक हुन सक्छ ?
बिहानीको घाम
घामको उज्यालो
अध्यारा बस्तिहरुमा खोजौ
भोका पेटहरुलाइ सोधौ
कहिल्यै पेट भरेर
अघायको छ कि छैन उ ?
आस्थामा उधारो जिन्दगी बाँच्ने मान्छे !
कोरा संविधानका खेस्राहरु
नकोरिएका होइनन्
कारिएका हुन धेरै पटक
तर ,मान्छे ! मान्छे भएर बाँच्न नपाएको ब्यथा
मात्र ! पोखिएको हो सडकमा ।
जुन हरायको रात
चकमन्न अध्यारो
काफी छ होला ?
जुनकीरीको एक झुल्को प्रकाश
कालो रातलाई चिर्न ।
उज्यालो खोज्नेहरुको लाममा हामी छौ कि नहि ?
एउटा भूगोल छिचोलेर
आर्को भूगोल सम्म पुग्ने
कोलम्बस ! अग्रगामी खुट्टाहरु
रास्ट्रिय जन्जिर साङ्ला नेलले बाँधियका छन
यात्रा माप्न असम्भव छ
अस्तब्यस्तताको अनकन्टार जङ्गलमा
हरायका संविधानका नयाँ खेस्राहरु
सडक जाम सँङ्गै निस्किएको टायरको धुवाँमा
दनदनी जलिरहेका छन ।
रास्ट्रियताको धरापमा परेर बाँच्न अभिसप्त मान्छे ।
भोक सिरानी राखेर
आँसु पिरहेको
एउटा दुर्दान्त कथा
सबै/सबै तिर फैलिएको छ ।
आँसु पिएर आगो ओकल्न सक्छ मान्छे ?
मान्छे हो मान्छे
भोग्दा भोग्दैको नियति
सहँदा सहँदैको पिडा
सडकमा पोखिनु पर्छ ।
एउटा आम मान्छे
हिंस्रक हुँदाको क्षण
सत्ताका क्रूरहरुलाइ
सस्मरन रहोस् ….
बख्तरबन्ध गाडीका पहराहरु छिचोल्दै
कुनै श्री ५को शालिक तोडेको दिन ।
त्यसैले ,
ओ ! सुप्रीमो
न खेल भोका पेटहरु सँङ्ग
खाली पेट इन्कलाव बोल्न सक्छन ।
झलक प्रकाश चन्द (जे.सी. गाउँले)
साबिक : भेरी नगरपालिका ५, छिप्रेना जाजरकोट
हाल : कोहलपुर, बाके






द मालिका पोष्ट । २०८३ असार ११ गते बिहिवार