प्रेस चौतारी नेपालको २६औँ स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

No description available.

जाजरकोट ।  प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइएकाे  छ । नेकपा एमाले निकट पत्रकारहरुको संगठन चौतारीले स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल जाजरकोटका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।

संघठनका अध्यक्ष विनोद कुमार घर्तीको नेतृत्वमा जाजरकोट अस्पतालमा उपचारत विरामीलाई फलफूल वितरण गरि स्थापना दिवस मनाईएको हो ।

दिवसको अवसरमा आयोजित फलफूल वितरण गर्दै नेकपा एमाले जिल्ला कार्यसति सदस्य मोती ओलीले स्थापना दिवस देखि प्रेस चौतारी नेपालले गर्दै आएको राम्रा कामलाई निरन्तरता दिने वातावरण सिर्जना गर्न जिल्ला शाखा जाजरकोट प्रतिवद्ध रहनुपर्ने सुझाव दिनुभएको थियो ।

No description available.

 

सबै नागरिकले सूचना पाउने अधिकार भएको हुदाँ सत्य र निष्पक्ष सूचना तथा समाचार प्रशासरण गर्ने संचारमाध्यको कतव्र्य भएको हुदाँ यसको भुमिका संचारकर्मी एवम् पत्रकारले निर्वाह गर्नुपर्ने बताउनभयो ।

उक्त कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य हरि बहादुर सिंह, प्रेस चौतारी कर्णाली प्रदेश कमिटीको उपाध्यक्ष प्रमिला आर.सी, उद्योग बाणिज्य संघ जाजरकोट का नि वर्तमाण अध्यक्ष कर्ण बहादुर खत्री, जिल्ला अस्पताल जाजरकोटका अध्यक्ष डम्बर सिंह, अस्पताल जाजरकोटका निमित्त कार्यालय प्रमुख डा. पवन जंग शाह, अस्पताल जाजरकोटका सुचना अधिकारी कृष्ण खत्री, हाम्रो पहुच डट कम का संचालक कालि बहादुर नेपाली सहित सम्पुर्ण संचारकर्मीको उपस्थितीमा उक्त कार्यक्रम समापन गरिएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.




  • फेसबुकबाट तपाईको प्रतिक्रिया