
जाजरकोट । जाजरकोटका किसानलाई समाजवादी पार्टीले बोका बितरण गरेको छ । कार्तिक १७ गतेको भूकम्पबाट प्रभावित किसानहरुलाई समाजवादी पार्टीले उन्नत जातका बोका बितरण गरेको एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमान बहादुर खड्काले बताए । पार्टीले किसानका जिविको पार्जनमा सुधार आवस भन्नका लागि जिल्लाका ३० ओटा समुह सहकारीलाई बोका बितरण गरेको उनको भनाइ छ । जिल्लाका सात स्थानीय तहका किसानहरुलाई सहयोग पुगोस भनी उन्नत जातका बोयर बोका बितरण गरिएको छ । मंगलवार पार्टीले जिल्ला सदरमुकाम खलंगा लगाएतका सातै स्थानीय तहका किसानलाई बोका बितरण गरेको छ ।

भूकम्प पश्चात जिल्लाका किसानहरुको घरदैलोमा समाजवादी पार्टी केन्द्रीत भएको पार्टीका कर्णाली प्रदेशका सचिव कृष्ण बहादुर बिसीले बताए । जिल्लामा पहिलो र दोस्रो चरणका राहतका प्याकेज पार्टीले बितरण गर्दै आएको उनको भनाई छ । पार्टीको निर्णय अनुसार गत माघमा २ हजार ७ सय ५० घरधुरीलाई दाते ओखरको बिरुवा बितरण गरिएको थियो । जिल्लाका सातै स्थानीय तहका किसानहरुलाई लाभान्बीत हुने गरी उक्त राहत प्याकेज बितरण गरिएको थियो । त्यस्तै न्यानो कपडा लगाएतका राहत लिएर समाजवादी गाउँ केन्द्रीत भएको थियो । निर्वाचनको बेलामात्र सकृय हुने यहाँका राजनितिक दलहरु अहिले विपतको समयमा सकृय भएका छन् । समाजवादी पार्टीले जिल्लाका २ सय २० घरधुरीलाई आधुनीक महुरी घार बितरणको तयारी गरेको छ । यस लगतै जिल्लाका किसानहरुलाई बर्खे सिजनको करिब २ लाखको बिउ बितरणको तयारी रहेको समाजवादी पार्टी जाजरकोटले जनाएको छ






विनोद कुमार घर्ती (रिदम) । २०८१ बैशाख १३ गते बिहिवार